जहॉंरहे पनि मन भने आफनै कला, धर्म र संस्कृति मैं रहन्छ भन्ने प्रमाण बग्रेल्ती छन् । अष्ट्रेलिया रहेका नेपालीहरुले पनि कमाउने बहाना होस या रमाउने बहाना जे भएपनि नेपालबाट कलाकार झिकाएर चाडपर्ब मनाउने चलन बढ्दो छ । तीजको अवसर पारेर अष्ट्रेलियाको पर्थ शहरमा पनि कार्यक्रम हुने भएको छ । कलाकारहरु प्रकाश सपुत, मन्जु पौडेल, सुनीता दुलाल र करिश्मा ढकाल आउने तीज सेलिब्रेसन २०२२ कार्यक्रम नारी निकुन्ज पर्थले गर्न लागेको हो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 वेष्टर्न अष्ट्रेलियामा तीजको रौनक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=640%2C169&ssl=1)
फोर्टिस पाथवे एजुकेशन भिजा सेन्टर र मंग्लेसी अर्ली लर्निग सेन्टर को मुख्य प्रायोजन रहेको कार्यक्रमलाइ अल्टिट्यूड केयर इभेन्ट पार्टनरको रुपमा रहेको छ । सर्भियन कम्यूनिटि सेन्टर २२८ केन्विक रोड, केन्विक रोड पर्थमा हुने कार्यक्रमको गोल्ड स्पोन्सरको रुपमा ठमेल बजार, फन्कि मोमो, हिमालयन नेपलिज रेष्टुरेन्ट एण्ड क्याफे र सोनिट साइन्स रहेका छन् । त्यस्तै स्पोन्सरको रुपमा एसपी इन्टरनेशनल कलेज, मिसन माइग्रेसन, प्रोपर्टि प्लस, इम्पाएर, आइडल क्रियसन र फोटोग्राफि पार्टनर बिम क्रियसन रहेको छ । कार्यक्रम २८ अगष्टका दिन सॉंझ ५ बजे देखि रातको १० बजेसम्म हुनेछ । कार्यक्रम यसो शुल्क $२० रहेको छ भने खानाको सहकार्य टेष्टि मःमले गर्नेछ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 वेष्टर्न अष्ट्रेलियामा तीजको रौनक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/8EBE2821-A86B-4462-80E2-D85A2A013909.jpeg?resize=640%2C918&ssl=1)