महिलाहरुको बिशेष चाड तीजको अवसर एनआरएनए एसिटिले तीज कार्यक्रम गर्ने भएको छ । नेपालबाट आएका गाएक गायीका साथै स्थानिय कलाकारहरुलाइ प्राथमिकता दिने कार्य आफनो रहेको एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले बताउनुभएको छ । एनआरएनए एसिटि र एएनएफएस क्यानबेराले संयुक्त रुपमा गर्न लागेको कार्यक्रममा बुवाआमाहरुलाइ निशुल्क दर खुवाउने र यो कार्यक्रमबाट जोगीएको पैसाले पाठशालालाइ सहयोग गर्ने योजना रहेको संयुक्त एनआरएनए एसिटिका संयोजक अशोक बस्नेत र एएनएफएसका आशीष देवकोटाले बताउनुभयो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 एनआरएनए र एएनएफएसले गर्ने तीज बिशेष हुने : हेरौ के छ बिशेष ।
https://successedu.com.au/

सबै स्थानियहरु संघ संस्थाहरुले सहयोग गरेको कार्यक्रममा स्थानिय ब्यक्तिहरुको पनि भब्य सक्रियता रहने आशा आयोजकको रहेको छ । कार्यक्रममा गायक रमेशराज भट्टराइ र गायीका एलिना चौहानको बिशेष प्रस्तुति रहने छ । कार्यक्रमलाइ थप रंग भर्न डिजे वाइजी र डिजे सरोजको बिशेष संगीत रहनेछ । कार्यक्रम अष्ट्रेलियन क्रोएसियन क्लव ओकर्नर, टर्नरमा हुनेछ । नयॉं पुस्तालाइ पुराना गीत सुनाउने योजना सहितको कार्यक्रममा सॉंच्चै तिज कस्तो हुन्छ भनेर देखाउने योजना रहेको पनि बस्नेतले बताउनुभएको छ । भिजिट भिसामा आउनुभएको बुवाआमाहरुलाइ निशुल्क प्रबेश र अन्य मानिसहरुका लागी $२८ शुल्क राखिएको छ भने बच्चाहरु लागी निशुल्क प्रवेश रहनेछ । कार्यक्रम अन्य सम्पर्कका लागी शेफलिका अर्याल 0411963861, सम्झना सापकोटा 0430309427, सोभिया 0449565481 र कृतिम 0452452260 लाइ सम्पर्क गर्न सक्नुहुनेछ । क्यानबेरा, क्विनबियन र गोलबर्न क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली आएर कार्यक्रम भब्य बनाइदिनुहुन्छ भन्ने आशा आयोजकले लिएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 एनआरएनए र एएनएफएसले गर्ने तीज बिशेष हुने : हेरौ के छ बिशेष ।

Total Page Visits: - Today Page Visits:
Shares