उच्चस्तरीय शिक्षांका लागी दिनानुदिन नेपालीहरु बिदेश जाने क्रम निरन्तर चलिरहेको छ । अमेरिका, जापान, क्यानडा सहित अष्ट्रेलिया बिध्यार्थीहरुका रोजाइका देशहरु हुन । नेपालीहरु बिदेशमा संगै अध्ययन सकेर आफना कार्यक्षेत्रमा मार्नु काम गर्न थालिसकेका छन् । अष्ट्रेलियामा शिक्षा, रोजगारीको अवसर र जन जीवन अत्यन्तै राम्रो रहेको हुनाले अष्ट्रेलिया नेपालीहरुको रोजाइको देश बनेको छ । यसै सिलसिलामा अष्ट्रेलियामा सिड्नीको प्यारामाटाको मुटु हासल स्ट्रीटमा नेपालीहरुको स्वामित्वमा अत्याधुनिक सुबिधा सम्पन्न कलेज संचालनमा आएको छ । यूनिवर्सिटी अफ वेष्टर्न सिड्नी संगै रहेको र यातायातको सहजताले गर्दा पनि कलेजले अपेक्षित चर्चा कमाउन सहज देखिन्छ । कलेजले यो जानकारिका लागी हिजो १२ अगष्टका दिन मिट एण्ड ग्रिट कार्यक्रम गरेको थियो । एकहजार बिध्यार्थी क्षमता भएको कलेज पैसा कमाउन भन्दा पनि राम्रो शिक्षा दिन सक्यौं भने आफुले कलेज खोलेको सार्थक हुने कुरा सम्शेर थापाले बताउनुभयो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 नेपालीहरुको स्वामित्वमा रहेको चोइस एकेडमीक कलेज द्वारा मिट एण्ड ग्रिट सम्पन्न ।
https://successedu.com.au/

कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेन्द्र शर्मा पौडेलले यो बेला बिविध कारणहरुले समय अनुकुल नरहेको तर सबैको सहयोग रहेमा अवस्य पनि कलेज आफुले सोचेजस्तै चलाउन सकिने बताउनुभएको छ । सन् २०१५ मा अष्ट्रेलियमा छ लाख अन्तराष्ट्रिय बिध्यार्थी अध्ययनरत रहेकोमा अष्ट्रेलिएन सरकारले एआइ २०२५ भीजन अन्तर्गत बिध्यार्थी संख्या बार्षिक रुपमा बनाउदै लगेर सन् २०२५ सम्ममा १० लाख भित्राउने लक्ष लिएको भएतापनि मे २०२२ को तथ्यॉंक अनुसार बिभिन्न कारणबस हाल ५ लाख भन्दा कम अन्तराष्ट्रिय बिध्यार्थी मात्र अध्ययनरत रहेको हुदा बिध्यार्थीहरुको भीजा सहजीकरणमा सुधार आउने अपेक्षा पौडेलले बताउदै सबै शैक्षिक संघ संस्थाहरु, कन्सल्टेन्सि र बिध्यार्थीहरुलाइ धैर्यता लिन आग्रह गर्नुभएको छ । कलेज संचालक तथा ब्यवस्थापन टिम शिक्षा श्रेत्रमा लामो समय अनुभव हासिल गरेका समूह रहेको हुनाले पनि संस्थाले बिध्यार्थीहरुको हितमा काम गर्न सक्ने देखिन्छ । उहॉंले आमंत्रित सबैलाइ धन्यवाद दिदै भोलिका दिनमा सबैसंग सहकार्य गरेर अगाडी बढ्न कलेज तयार रहेको बताउनुभएको छ । हाल कलेजमा एडभान्स डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ लिडरसिप एण्ड म्यानेजमेन्ट, डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, एडभान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट बिषय रहेका छन् र अन्य कोर्सहरु पनि थप्दै जाने योजना बनाएको छ । कलेज दर्ता अवको ७ बर्ष सम्मको लागी नविकरण भएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 नेपालीहरुको स्वामित्वमा रहेको चोइस एकेडमीक कलेज द्वारा मिट एण्ड ग्रिट सम्पन्न ।
http://www.cacademic.edu.au/

मिटएण्डग्रिटमा परशुराम अधिकारी, संजिव पाण्डे, विवेक थापा, योगेन्द्र पौडेल, हिरा कणेंल, शरद भुषाल, सूर्य खनाल, दिपक केसी, शिव चौलागॉंइ, ध्रुव दाहाल, प्रकाश पन्थि, अशोक ओली, यूवी शर्मा, सन्दिप खनाल, राजु शाक्य, विल्सन शर्मा, महेश सिंह, बिष्णु अर्याल, निरज श्रेष्ठ, नवराज न्यौपाने, सबिर इकवाल, लगाएत थुप्रै कन्सल्टेन्सि संचालकहरु र पत्रकारको उपस्थिति रहेको थियो । गजल गायन र थप गीत संगीतले सॉंझ रमझम बनेको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 नेपालीहरुको स्वामित्वमा रहेको चोइस एकेडमीक कलेज द्वारा मिट एण्ड ग्रिट सम्पन्न ।

Total Page Visits: 763 - Today Page Visits: 3
Shares