अगष्ट १४ क्यानबेरा : क्यानबेरामा हुदै गरेको श्रीमद्भागवत महापुराण सप्ताह आयोजक समितिले हिजो अगष्ट १३ का दिन पत्रकार सम्मेलन गरेको थियो । जसमा वाचन प्रविण पंडित दिनबन्धु पोखरेलको पनि उपस्थिति रहेको थियो । आयोजक समितिका अध्यक्ष डा कृष्ण हमाल, सचिव बिक्रम सुबेदि, सनातन समाजका अध्यक्ष सन्तोष मल्ल, उपसमिति संयोजकहरु बासु ढकाल, गोमा उप्रेती र बिनोदराज घिमिरे सहित अन्य महानुभावहरुको उपस्थिति रहेको थियो । पत्रकार संम्मेलनको सार जस्ताको तस्तै ।

आदरणीय सबैमा नमस्कार !!

अष्ट्रेलियाको राजधानी शहर क्यान्बेरामा अगष्ट १७ देखी २३ तारिकसम्म सनातन समाज अस्ट्रेलिया को संयोजनमा हुन गईरहेको श्रीमद्भागवत महापुराण सप्ताहमा सहभागी हुनका लागी सम्पुर्ण भक्तजनहरुमा मूल आयोजक समितीको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं । ख्यातीप्राप्त पण्डित दीनबन्धु पोखरेलद्वारा वैदिक सनातनिय ज्ञान प्राप्त गर्नका लागी क्यान्बेरामै अवसर मिलेकोमा हामी हर्षबिभोर हुनुका साथै गौरवान्वित महशुस गरेका छौं ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत महापुराण सप्ताहको पत्रकार सम्मेलन : जान्नै पर्ने कुरा यस्तो आयो ।
https://successedu.com.au/

क्यानबेरामा पहिलोपटक हुन गईरहेको यस महायज्ञमा यहॅास्थित सबै नेपाली संघसंस्थाहरु र समाजका नेतृत्ववर्गहरुको सहकार्यले हामीलाई थप उर्जा दिएकोको छ । ग्रेहउण्ड रेसिंग क्लव साइमस्टनमा गर्न लागीएको श्रीमद्भागवत श्रवण गर्न अष्ट्रेलियाभरिबाट भक्तजनहरुको घुईंचो लाग्ने विश्वास लिएका छौं । यस पुण्य कार्यमा वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलद्वारा श्रीमद्भागवत कथा प्रवचन गर्नुहुने कार्यक्रम रहेको छ । यस सप्ताहको पहिलो दिन यज्ञपूजन् , कलश यात्रा, झांकी प्रस्तुति, भजनकृतन र आरती हुनेछन् भने अन्य दिनहरुमा बिहान पुजाआरती, दिउंसो प्रवचन र वेलुका आरती गर्ने कार्यक्रम रहेको छ । यज्ञपूजन दैनिक विहान ८ बजेबाट १२ बजेसम्म र कथावाचन दिउॅसो २ बजेबाट सांझ ८ बजेसम्म गरी दुई चरणमा कार्यक्रमहरु हुनेछन् । अगष्ट २० तारिक कृष्ण जन्माष्टमीका दिनमा बिशेष कार्यक्रम गर्ने हाम्रो लक्ष्य रहेको छ । श्रीमद्भागवत महापुराण मूल समारोह समितीको तर्फबाट हामीले यस सप्ताह महायज्ञको सम्पूर्ण तयारीहरु पूरा गरिसकेको जानकारी गराउॅदछौं ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत महापुराण सप्ताहको पत्रकार सम्मेलन : जान्नै पर्ने कुरा यस्तो आयो ।

अष्ट्रेलियाका लागी नेपालका राजदूत महामहिम कैलाशराज पोखरेलको प्रमुख आतिथ्यतामा अगष्ट १७ तारिक बुधबारका दिन दिउंसो १ बजे समुद्घाटन हुने यस सप्ताहको बृहत ब्यबस्थापनका लागी पं दीनबन्धु पोखरेल आजै क्यान्बेरा आईसक्नुभएको छ । क्यान्बेरा क्षेत्र वरपर रहेका सम्पुर्ण भक्तजनहरुलाई यस पुण्य कार्यमा सहभागी भई कार्यक्रमको शोभा बढाईदिनुहुन तथा सामाजीक, भौतिक र आर्थीक सहयोग गर्नका लागी आव्हान गर्दछौं । पशुपतिनाथको मन्दिर निर्माण गर्ने संकल्पका साथ श्रीगणेश गर्न लागीएको यस पुण्यकार्यबाट प्राप्त आर्थीक सहयोगलाई क्यानबेरामा पशुपतिनाथ मन्दिर निर्माणार्थ अक्षयकोष खडा गरी जम्मा गरिने जानकारी यसै विज्ञप्तीमार्फत गराउन चाहन्छौं । हामीलाई विश्वास छ – वैदिक ज्ञानलाई आधुनिक विज्ञानको मार्फतबाट प्रवचन हुने यस कार्यक्रमले हामीविच भाईचारा र सद्भाव बढाउनुका साथै समाजलाई एकत्रित गर्नका लागी प्रेरणाको श्रोत पनि बन्नेछ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत महापुराण सप्ताहको पत्रकार सम्मेलन : जान्नै पर्ने कुरा यस्तो आयो ।

यस सप्ताहमा निशुल्क प्रवेस गर्न पाईने र सप्ताह अवधीभर श्रीमद्भागवत महापुराण श्रवण गर्न पाईनुका साथै भक्तजनहरुको खानपीनको बन्दोबस्त पनि सप्ताह अवधीभर नै गर्ने हाम्रो योजना रहेको छ । दैनिकरुपमा अत्याधिक भक्तजनहरुको उपस्थिती हुने अपेक्षासहित मूल समारोह समितीद्वारा भक्तजनहरुको ब्यबस्थापनको लागी अधिकतमरुपमा स्वयंसेवकहरु खटाउने जानकारी गराउन चाहन्छौं । भक्तजनहरुलाई दान गर्न सहयोग होस् भन्ने हेतुले अनलाईनमार्फत दान गर्न मिल्नेगरी तयारी गरेका छौं । त्यसैगरी, स्वयंसेवकहरुले अनलाईनमार्फत नै स्वयंसेवाकालागी ईच्छा जाहेर गर्न रजिस्ट्रेसन फर्म भर्ने ब्यबस्था मिलाएका छौं । भक्तजनहरुलाई कुनैपनि समस्या आईपरेमा स्वयंसेवकहरुलाई सम्पर्क गर्न सकिने र दैनिकरुपमा पचास जनाको संख्यामा स्वयंसेवक खटाउने गरी आयोजक समितिले कार्य गरिरहेको अवगत गराउन चाहन्छौं ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत महापुराण सप्ताहको पत्रकार सम्मेलन : जान्नै पर्ने कुरा यस्तो आयो ।

आजको यस कार्यक्रममा उपस्थित एवं अनलाईनमार्फत् सहयोग गरिरहनुभएका सम्पूर्ण मीडीया लगायत मिडीयाकर्मीहरुलाई हामी श्रीमद्भागवत महापुराण सप्ताह आयोजक मूल समारोह समिती
क्यान्बेराको तर्फबाट हार्दिक धन्यबाद् ज्ञापन गर्दछौं साथै यस सप्ताह महायज्ञको सफलताको लागी यहॅाहरु सबैले आ-आफ्नो क्षेत्रबाट भरमग्दुर सहयोग गर्नुहुनेछ भन्नेकुरामा हामी बिश्वस्त छौं ।

धन्यबाद् ।

श्रीमद्भागवत महापुराण सप्ताह आयोजक मूल समारोह समिती, क्यान्बेरा

Total Page Visits: 1154 - Today Page Visits: 1
Shares