क्यानबेरामा हुने भनिएको बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा बाचन हुने श्रीमद्भागवत सप्ताह आजबाट सुरु भएको छ । ग्रेहाउण्ड रेसिंग क्लव साइमस्ट्नमा सुरु भएको सप्ताहको आज पहिलो दिनमा बिहान कलश यात्राबाट सुरु भएको हो । ३०० जना भन्दा बढि धर्मालम्बिहरुको सहभागीताले कलसयात्रा भब्य रहेको कुरा संयोजक गोमा उप्रेतीले मेरो कपुरी कलाइ बताउनुभयो । कलशयात्रा टाढा जान नसकिएपनि प्रागंण घुमेर बिसर्जन गरिएको जानकारी गरॉंउदै सम्पूर्ण सहयोगी हातहरु र उपस्थित सबैजनालाइ धन्यबाद ब्यक्त गर्नुभएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत सप्ताह कलशयात्रा कस्तो रह्यो ? महामहिम पोखरेलद्वारा उद्घाटन सुसम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=226%2C60&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत सप्ताह कलशयात्रा कस्तो रह्यो ? महामहिम पोखरेलद्वारा उद्घाटन सुसम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/5463B76E-5B02-4E65-882E-438578E8DE20.jpeg?resize=640%2C369&ssl=1)
कार्यक्रमको उद्घाटनमा अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेल, बाचन प्रविण दिनबन्धु पोखरेल, दुताबासका तृतीय सचिव यादव कोइराला, कार्यक्रम संयोजक डा कृष्ण हमाल, एनआरएन अष्ट्रेलियाका महासचिव राजु अधिकारी, एनआरएनए एसिटिका संयोजक अशोक बस्नेत, एनआरएनए अष्ट्रेलियाका यूवा उप संयोजक चन्द्र तिबारी, एएनएफएसका अध्यक्ष आशिष देवकोटा लगाएतले मन्तब्य राख्दै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिराकीले सप्ताह जस्ता धार्मिक कार्यक्रमले बिदेशमा छरिएर रहेका नेपालीहरुलाइ एकीकृत गर्ने वातावरण तयार गरेको बताउनुभयो । त्यस्तै पोखरेलले क्यानबेरामा पशुपतिनाथ मन्दिरको निर्माणले दुइ देश बिचको धार्मीक तथा सॉंस्कृतिक सुदृढिकरणमा सहयोग गर्नका साथै क्यानबेरा नेपालीहरुको आस्थाको केन्द्र रहने बताउनुभयो । कार्यक्रम सनातन समाजका अध्यक्ष सन्तोष मल्लको अध्यक्षतामा भएको थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत सप्ताह कलशयात्रा कस्तो रह्यो ? महामहिम पोखरेलद्वारा उद्घाटन सुसम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/6CD8B425-8241-42EC-A17D-C96E41A3FE36.jpeg?resize=640%2C365&ssl=1)
क्यानबेरा तथा क्विनबियनका धेरै नेपालीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन महापुराण सप्ताह आयोजक समितिका महासचिव बिक्रम सुबेदिले गर्नुभएको थियो । पहिलो दिनमा बेलुका कथा श्रवण गर्नेहरुको संख्या चारसय भन्दा बढिको रहेको कुरा आयोजकहरुले बताउनु भएको छ । त्यस्तै अर्थ संकलन पनि झण्डै ३० हजार उठेको र अन्तिम दिन सम्मको लक्ष्य १५ लाख रहेको कुरा सुबेदीले बताउनुभयो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत सप्ताह कलशयात्रा कस्तो रह्यो ? महामहिम पोखरेलद्वारा उद्घाटन सुसम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/E2CDBB16-5A4A-4C7F-82DF-66B63916BA92.jpeg?resize=640%2C353&ssl=1)