नेपालको पुरानो तथा चर्चित ब्याण्ड “1974 AD” ले क्यानबेरा घन्काउने भएको छ । नेपाली गायक गायीका तथा ब्याण्डहरु यतिबेला चाडबाडको समय पारेर धेरै कार्यक्रमहरुमा सरिक भएका छन् । बिशेषगरि कोभिडले कुँजिएर रहेका नेपालीहरुलाइ तन्काउने प्रयास कलाकारहरुले गरिरहेका छन् । दशैंको अवसर पारेर चर्चित ब्याण्ड 1974AD ले आफना चर्चित गीतहरु परेलीमा, संबोधन, हिड्दा हिड्दै, छुदै तिम्रो मॉंयाले, जति माया लाए पनि, पहिलो जुनीमा र यो मन त मेरो नेपाली हो दर्शकहरुलाइ पस्कनेछन् ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा घन्कदै ” यो मन त मेरो नेपाली हो”
https://successedu.com.au/

ग्लोबल स्करल एजुकेशन एण्ड माइग्रेसन र एक्ट्रा टेक क्यानबेराको प्रस्तुति रहेको कार्यक्रमको पावर वाइ आरके होम लोन रहेको छ । ७ सेप्टेम्बर २०२२ बुधबारका दिन साउथर्न क्रस क्लव उड़ना सॉंझ ५ बजेबाट ११ बजे सम्म रहने छ । सॉंगीतिक कार्यक्रम सकिएपछि डिजे वाइजीको बिशेष दर्शक झुम्दै संगीत हुनेछ । टिकटका लागी trybooking.com मा गएर लिन सकिनेछ । कार्यक्रमको आयोजना स्यारोन एण्ड जियोनले गरेको हो । नेपालको प्रतिष्ठित ब्याण्ड आउन लागेको हुनाले सबै क्यानबेरा क्विनबियन बासीहरु उपस्थित भइ कार्यक्रम भब्य बनाइदिने आशा गरेको कुरा आयोजक शुसिल पोखरेलले मेरो कपुरीकलाइ बताउनुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा घन्कदै ” यो मन त मेरो नेपाली हो”

Total Page Visits: - Today Page Visits:
Shares