क्यानबेरामा भइरहेको श्रीमद्भागवत महापुराण सप्ताहमा कथाबाचनमा कथा श्रवण गर्नेहरुको भिड बढिरहेको छ । यो बुवा आमाहरुको भिडबाट एउटी फरक आमाको हंसिलो अनि रमाइलो कुरा आयो । घरमा बुहारीसंग मज्जाले कुरा गरिसकेपछि आमा हॉंस्दै भन्नुभयो आज सिक कल हॉंने । अव हाम्रो पालो हो । बुहारीलाइ फ़ोन गरेर भनिदिएं आज सॉंझको नौ बजे बेलुका मात्रै आउछु र अवका सातै दिन म यतै हुनेछु । मेरो नाती नातीना हेर्ने काम हो त्यसैले यो सात दिन बुहारीलाइ ऑंफै हेर्न भनेको छु । यो श्रीमद्भागवत सप्ताहले सबैलाइ सत्कर्म, हिन्दु धर्म प्रतिको आस्था र सनातन धर्म प्रतिको बिश्वास जोडिएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 आमाले काममा सिक हानेपछि ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=254%2C67&ssl=1)
आमा बावहरुको यो धर्म प्रतिको सम्मान र निष्ठा संगै हामीलाइ पनि त्यहि बाटोमा हिड्ने कर्तब्य बोध हुनेछ । धर्म के हो ? धर्म र मानिस बिचको सम्वन्ध के छ ? धर्मको मानिसलाइ समाजमा कसरि एउटा मानबको भूमिकामा रहन सिकॉंउछ । आमा बाहरु संगै हामी सबै उहॉंहरुका पछाडी बसेर भागवत कथा सुनिरहेछौं । आमाका ति कुराले हामीलाइ पनि सिक हानेर सप्ताहमा बस्ने मन जागेको छ । आमाले छोरा बुहारीले वाँ छोरी ज्वॉंइले सिक हानेको देखेर सुनेर हामीलाइ पनि हसॉंउनु भएको हो तर त्यो आमाको सिक कल संगै हामी हाम्रो धर्म र संस्कृतियाँ कति प्रतिबद्ध छौ भन्ने पाठ पनि हो ।