902ED6CE-ED0A-4C84-B61F-8ABDE8839557-1024x813 पहिलो भाग्यमानी नेपाली मिलेनियर हट सिटमा : हेर्नुहोस कति डलर जिते ।

अष्ट्रेलियाको नाइन टिभि च्यानलबाट प्रत्येक हप्ता प्रसारण हुने प्रतिष्ठित शो मिलेनियर हट सिटमा एक नेपालीले प्रबेश पाएका छन् । उक्त टिभि शो बिभिन्न चेनआउट चरणहरुलाइ पारगर्दै मेलबर्नमा सुटिगं भएको मिलेनियर हट सिटमा प्रबेश गर्नुभएको हो । सायद हामीले आजसम्म कुनै नेपाली पनि अष्ट्रेलियाको राष्ट्रिय टिभि शो को अन्तिम चरणसम्म पुगेर ठुलो पैसा जितेको रेकर्ड पाएका छैनौं । नेपालको स्यॉंग्जा जिल्लाको सेतीदोभान गॉंउमा जन्मनुभएका दिपेन्द्र शर्मा पौडेल स्कुल देखिनै अध्ययनमा मेधावी उहॉंले सरकारी स्कुलमा र क्याम्पसमा पढ्नुभएको हो । हाल उहॉं चार्टर्ड एकाउन्टेन्ट र सिपिए पनि हुनुहुन्छ ।

902ED6CE-ED0A-4C84-B61F-8ABDE8839557-1024x813 पहिलो भाग्यमानी नेपाली मिलेनियर हट सिटमा : हेर्नुहोस कति डलर जिते ।
https://successedu.com.au/

२००८ सालमा सिड्नीमा अध्ययनका लागी आउनुभएका पौडेलले सिड्नीको कलेजमा दश बर्ष भन्दा बढि एकेडेमिक हेड रुपमा काम गर्नुभएको थियो । त्यसपछि एनएसडब्लु राज्यको प्राविधिक शिक्षाका लागी बिशेष कलेज टेफमा कार्य गरि हाल चोइस एकेडेमिक कलेजमा सिइओको रुपमा कार्यरत हुनुहुन्छ । हाल कलेजमा डिप्लोमा र एड्भान्स डिप्लोमा बिषयहरु संचालनमा छन् । उहॉंले डट सिटबाट ५० हजार डरल जित्नुभएको छ । उहॉंले नेपाली पोशाकमा नेपाल चिनाउने अवसर पाउनुभएको छ र उहॉं अव हामी सबै अष्ट्रेलिया बासी र आम नेपालीहरुका प्रेरणा बन्नुभएको छ ।

पौडेलले मेरो कपुरी क संग कुरा गर्दै ऑंफु अत्यन्तै खुसी रहेको, नेपाल चिनाउने अवसर रहेको हुनाले यो खुसी सबै संग साट्न पाउनु आफनो अहोभाग्य रहेको कुरा बताउनु भएको छ । सिटमा उहॉं संगै उहॉंकी जीवनसाथी सुनिता (लक्ष्मी) पाठक पनि हुनुहुन्थ्यो । उहॉं दम्पति सहित सपरिबारमा हाम्रो बधाइ तथा शुभकामना ।

902ED6CE-ED0A-4C84-B61F-8ABDE8839557-1024x813 पहिलो भाग्यमानी नेपाली मिलेनियर हट सिटमा : हेर्नुहोस कति डलर जिते ।

Total Page Visits: 4262 - Today Page Visits: 2
Shares