श्री पशुपति नाथको मन्दिर निर्माणार्थ संचालन भइरहेको श्रीमद्भागवत गीता महापुराणमा हिजो पॉंचौ दिन सम्म आइपुग्दा अहिलेसम्मकै धेरै रकम दिने दाता भेटिएको छ । क्यानबेरामा सक्केस एजुकेशन एण्ड भिजा संचालन गरेर बस्नुभएका मनकारी श्री आदर्शजंग पाण्डेले सबैभन्दा बढि रकम अष्ट्रेलियन डरल ५१ हजार दिनुभएको छ । त्यस्तै अन्य धेरै रक़म दिने ९ जना दाताहरु निम्नानुसार हुनुहुन्छ । मैले दशजनाको नाम मात्रै यहॉं राखेको हुनाले अन्य महानुभावहरु प्रति क्षमा प्रार्थी छु ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।
https://successedu.com.au/
  1. आदर्शजंग पाण्डे
  2. डा कृष्ण हमाल
  3. प्रकाश लुइटेल/ तनुजा सुबेदी
  4. जीवन राना/ मीनु राना
  5. राम पाठक/ अदिता उप्रेती
  6. बिनोद राज घिमिरे/शर्मीला पौडेल
  7. कृष्ण सुबेदी/ संगीता पौडेल
  8. डा दुर्गादत्त कणेंल / बिना कणेंल
  9. रामकृष्ण कार्की/ बिना कार्की
  10. अनिल पौडेल/सीता पराजुली/बिन्दु पराजुली

महापुराणमा हिजो पॉंचौं दिन सम्मको सबैको उपस्थिति र सहयोगले खुसी छु तर सोचेको रकम नआएको हुनाले अझै आउला भन्ने आशा छ । अहिले सम्मको क्यानबेरामा रहेको सबैजनाले जे जति सहयोग गर्नुभएको छ त्यसमा साने रक़म ठुलो रक़म भन्ने हुदैन सहयोग सहयोग हो भन्दै आर्थिक, सामाजिक र स्वयंसेवक गर्ने सबैलाइ संयोजक डा कृष्ण हमालले हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।

बाचन प्रविण पंण्डित दिनबन्धु पोखरेलद्वारा बाचन गरिएको श्रीमद्भागवत गीता महापुराणमा आएर सह बाचक बालचन्द्र अधिकारी सहित कर्ता र अन्य सहयोगी सबैप्रति पनि संयोजक हमालले धन्यवाद दिनुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।
F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।
F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।

Total Page Visits: 4810 - Today Page Visits: 2
Shares