श्री पशुपति नाथको मन्दिर निर्माणार्थ संचालन भइरहेको श्रीमद्भागवत गीता महापुराणमा हिजो पॉंचौ दिन सम्म आइपुग्दा अहिलेसम्मकै धेरै रकम दिने दाता भेटिएको छ । क्यानबेरामा सक्केस एजुकेशन एण्ड भिजा संचालन गरेर बस्नुभएका मनकारी श्री आदर्शजंग पाण्डेले सबैभन्दा बढि रकम अष्ट्रेलियन डरल ५१ हजार दिनुभएको छ । त्यस्तै अन्य धेरै रक़म दिने ९ जना दाताहरु निम्नानुसार हुनुहुन्छ । मैले दशजनाको नाम मात्रै यहॉं राखेको हुनाले अन्य महानुभावहरु प्रति क्षमा प्रार्थी छु ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=220%2C58&ssl=1)
- आदर्शजंग पाण्डे
- डा कृष्ण हमाल
- प्रकाश लुइटेल/ तनुजा सुबेदी
- जीवन राना/ मीनु राना
- राम पाठक/ अदिता उप्रेती
- बिनोद राज घिमिरे/शर्मीला पौडेल
- कृष्ण सुबेदी/ संगीता पौडेल
- डा दुर्गादत्त कणेंल / बिना कणेंल
- रामकृष्ण कार्की/ बिना कार्की
- अनिल पौडेल/सीता पराजुली/बिन्दु पराजुली
महापुराणमा हिजो पॉंचौं दिन सम्मको सबैको उपस्थिति र सहयोगले खुसी छु तर सोचेको रकम नआएको हुनाले अझै आउला भन्ने आशा छ । अहिले सम्मको क्यानबेरामा रहेको सबैजनाले जे जति सहयोग गर्नुभएको छ त्यसमा साने रक़म ठुलो रक़म भन्ने हुदैन सहयोग सहयोग हो भन्दै आर्थिक, सामाजिक र स्वयंसेवक गर्ने सबैलाइ संयोजक डा कृष्ण हमालले हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।
बाचन प्रविण पंण्डित दिनबन्धु पोखरेलद्वारा बाचन गरिएको श्रीमद्भागवत गीता महापुराणमा आएर सह बाचक बालचन्द्र अधिकारी सहित कर्ता र अन्य सहयोगी सबैप्रति पनि संयोजक हमालले धन्यवाद दिनुभएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/F79D62CA-8C33-42A4-AA4C-BCC82FB1FADA.jpeg?resize=329%2C219&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/58A976D7-BEB7-42D1-9522-2B29BCD4A8E6.jpeg?resize=332%2C219&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा उठ्यो अहिले सम्मकै धेरै रकम, यी हुन धेरै दान गर्ने १० नामावली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/7B676E7F-E7DB-47D5-9F52-46CDEA3E8442.jpeg?resize=338%2C225&ssl=1)