क्यानबेरामा भएको श्रीमद्भागवत महापुराणमा उपस्थितिको संख्या संगै दान दिनेको संख्या पनि राम्रो रह्यो । आयोजकले सोचें भन्दा राम्रो रकम उठ्यो भनेर भन्न सकिन्छ । दान भन्नाले स्वबिवेकले दिने हो । दान भनेको आफनो गच्छ्य अनुसारले दिने हो अनि घॉंटि हेरेर हाड निल्ने हो तर कसैको दवाव वा प्रभावमा दिने कुरा होइन ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 महापुराणमा थोरै पैसा दिनेलाइ स्टेज जानबाट बन्चित कसले गर्यो र किन ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=222%2C59&ssl=1)
पैसा हुनेहरुले, कमाउनेहरुले र सक्नेहरुले जति दिएपनि हुन्छ । दान दिनैनै धन हुनेहरुले हो धन नहुनेहरुले मन दिने हो । सामाजिक कुरामा सबैको मन हुन्छ तर मन भन्दा माथि यहॉं आर्थिक अवस्थाको कुरा छ । जव मान्छे मनबाटै तनावमा हुन्छ अनि सहयोग गर्न गार्हो हुन्छ । यहॉं यस्तै भयो । महायज्ञमा सातै दिन खटिनुभएका र क्यानबेरामा पंडितका रुपमा परिचित हुनुभएका बिष्णु भण्डारीको कुरा हो । उहॉंले दुख मान्दै मेरो कपुरी क संग बताउनुभयो मेरो प्रमाणपत्र तिन पटक स्टेजबाट फिर्ता भयो कारण थियो पैसा थोरै भएर । भण्डारीको दुखेसो थियो म बिध्यार्थी हुँ मैले फिस तिर्नु पर्छ अनि कसरि दिउँ ठुलो रकम ? अझै दुखको कुरा ऑंफैले मानेको मुख्य पण्डित दिनबन्धु पोखरेलले सर्टिफिकेट फिर्ता पठाउदॉं मेरो मन कस्तो भयो होला भण्डारीले सुनाउनुभयो । मैले मेरी श्रीमतीलाइ बोलाएर संगै राखेको थिएं स्टेजमा जान तर हाम्रो पालै आएन पछि बुझ्दा रकम थोरै भयो भनेर स्टेजमा बोलाउन खोज्नुभएन पंण्डित भण्डारीको दुखेसो थियो । एकपटक पनि होइन तिन पटक फिर्ता । के हामी मन हुनेहरुले सानो रकम सहयोग गर्नेहरुले स्टेज जान नपाउने हो र उहॉंको प्रश्न थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 महापुराणमा थोरै पैसा दिनेलाइ स्टेज जानबाट बन्चित कसले गर्यो र किन ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/14DB4476-4FCE-4456-9F6C-A36EF148903A.jpeg?resize=640%2C427&ssl=1)
हाम्रो कामना छ धर्मको खोल ओढेर धर्म गर्छु भन्नेहरुले पैसाकै कारणले समाजमा अधर्मीको खोल ओढ्नु नपरोस र यहि समाजले पैसाको कारणले कसैको आस्था माथि खेलवाड नगरोस ।
यसै प्रसंगलाइ मेरो कपुरी क ले आयोजक समितिका महासचिव बिक्रम सुबेदीलाइ कुरा गरेको थियो । उहॉंले गुरु लगाएत आयोजक टिमको दवावमा या अन्य कुनै कारणले आफनो दान दिने मन हुदा हुदै पनि दान दिनबाच बन्चित हुनु भएको छ भने यसलाइ हाम्रो कमजोरी ठान्दै सच्चिने प्रण गर्दै पशुपति नाथ निर्माणमा आफनो तर्फवाट गर्न सकिने दानलाइ आयोजकले प्रदान गरेको खातामा आफनो दान दिन अनुरोध गर्नुभएको छ । आयोजकको तर्फवाट सुबेदिले मन्चमा आसीन बरिष्ठ धार्मीक ब्यक्तित्वहरुबाट यस्तो कार्य आफुले आशा नगरेको बताउनुभयो ।