अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल फेष्टिवल हुने भएको छ । आयोजक एनआरएनए एसिटिले आज एक एक भेला मार्फ़त यसबारेमा जानकारी गराएको हो । फेष्टिवल सम्वन्धि जानकारी दिन आयोजित भेलामा बोल्दै एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले आयोजक एनआरएनए भएतापनि यो हामी सबै नेपालीहरुको कार्यक्रम रहेको हुनाले मुलुक चिनाउने अवसरबाट पछि नपर्न सबैलाइ आग्रह गर्नुभएको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा नेपाल फेष्टिवल हुदै : कहॉं र कसरि हुदैछ हेर्नुहोस ।
https://successedu.com.au/

एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले एनआरएनएले नागरिकताको निरन्तरतालाइ जोड दिइरहेको बताउदै नेपाललाइ कसरि प्रमोट गर्ने, नेपालको संस्कृति, सभ्यता कला र खाना कसरि अन्य देश माझ पुर्याउने बारेमा सदैव पहल गरिरहेको जानकारी दिनुभएको थियो । अधिकारीले नेपाल फेष्टिवलमा के अन्य राज्यहरुमा के कस्ता कार्यक्रमहरु भए र क्यानबेराले के कसरि सफल बनाउन सक्छ र यसमा के कार्यक्रमहरु हुन्छन् भन्ने प्रष्ट पारेनुभएको थियो । उहॉंले सबै मिले मात्रै कार्यक्रम सफल हुने र यसलाइ कुनै राजनिति र गुट उपगुटमा नजोडी सफल बनाउन सबैलाइ आग्रह गर्नुभएको छ ।

त्यस्तै एनआरएनए एसिटिका पूर्व संयोजक चुडामणी सापकोटाले फाइनान्स सम्वन्धि जानकारी दिदै झण्डै एकलाख १० हजार भन्दा बढिको बजेट हुनसक्ने संकेत गर्दै यसका लागी सबैलाइ मानसिक रुपमा तयार रहन आग्रह गर्नुभएको थियो । त्यस्तै आशिष सापकोटाले सूचना र प्रविधि ले कार्यक्रम यसलाइ कसरि सहज बनाउन सकिन्छ भनेर यसका बारेमा जानकारी दिनुभएको थियो । डा कृष्ण हमालले हामीले नेपालीलाइ भन्दा पनि बिदेशीलाइ कसरि फेष्टिबलमा ल्याउन सकिन्छ भन्ने बारे पहल गर्नुपर्ने बताउनुभयो । डा दुर्गादत्त कणेलले पनि सकेसम्म सबै दुताबासहरुलाइ यसबारेमा जानकारि दिन सकें अझै राम्रो हुने बताउनुभएको थियो ।

नेपाली दुताबास क्यानबेराका तृतीय सचिव यादब कोइरालाले दुताबासले के कसरि कार्यक्रमलाइ सहयोग गर्न सक्छ यसका लागी दुताबास सदैव तयार रहेको र दुताबासले पनि कार्यक्रम कसरि सफल बनाउने भन्ने बारेमा सर सल्लाह भइरहेको जानकारी दिनुभयो । प्रायोजनका बारेमा के कसरि राम्रो बनाउन सकिन्छ भनेर आदर्शजंग पाण्डे र बिवेक लोहनीले आफनो बिचार राख्नु भएको थियो ।

भेलाले चुडामणी सापकोटालाइ नेपाल फेष्टिवलको संयोजकको रुपमा सर्वसम्मतिले चयन गरेको छ । फेष्टिवल ११ फेब्रुवरि २०२३ का दिन कमनवेल्थ पार्क क्यानबेरामा हुनेछ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा नेपाल फेष्टिवल हुदै : कहॉं र कसरि हुदैछ हेर्नुहोस ।

Total Page Visits: 818 - Today Page Visits: 3
Shares