ओसियाना क्षेत्रमा रहेका नेपालीहरुको मिनि ओलम्पिकका रुपमा चिनिने “ओसियाना स्पोर्ट्स मिट” २०२३ क्यानबेरामा ७-१० अपेरिस २०२३ मा हुने भएको छ । आज क्यानबेरामा भएको बैठकले ओसियाना स्पोर्ट्स सम्वन्धि बिभिन्न जानकारी दिएको हो । अष्ट्रेलिया सहित न्यूजील्याण्ड, फिजि सहित पप्पुवान्यूगिनि सहभागी हुने स्पोर्ट्स मीटमा फुटवल, भलिवल, क्रिकेट,गल्फ, ब्याडमिन्टन, लंग टेनिस, टेवल टेनिस, ब्याडमिन्टन र स्विमिगं खेलहरु हुनेछन् ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ओसियाना स्पोर्ट्स मिट २०२३ क्यानबेरामा हुने । तयारी तिब्र रुपमा हुदै ।
https://successedu.com.au/

बैठकमा बोल्दै ओसियाना स्पोर्ट्स मिटका संस्थापक सदस्य डा दुर्गादत्त कणेंलले आधा भन्दा धेरै कामहरु सकिएको र बॉंकि रहेका कामहरु छिट्टै सुरुहुने बताउनुभयो । कणेंलले १००० जना भन्दा धेरै खेलाडीहरु क्यानबेरा आउने र यो एउटा उत्सव यता रुपमा रहने छ । यसले नेपालीहरु बिच भाइचारा बढाउने, र खेलकुदबाट मानसिक र शारिरिक स्वास्थ्य राम्रो रहन पनि मद्धत गर्ने उहॉंको बिचार रहेको थियो । क्यानबेरामा अष्ट्रेलिया नेपालिज फ्रेण्डसिप सोसाइटि आयोजक संस्थाको रुपमा रहने छ ।

स्टेट कोअर्डिनेटर आदर्शजंग पाण्डेले ४०० जनाभन्दा धेरै स्वयंसेवक चाहिने हुनाले सबै यूवाहरु र नयॉं पुस्तालाइ सहभागी हुन आग्रह गर्नुभएको छ । ओसियाना स्पोर्ट्सका लागी एनआरएनए अष्ट्रेलियाले १०,०००।०० (दश हजार) दिने निर्णय गरेको छ । पाण्डेले आयोजना सम्पन्न गर्न एकलाख भन्दा बढि रकम लाग्ने जनाउदै सबै समुदाय र अन्य स्टेटले पनि सहयोग गर्ने आशा ब्यक्त गर्नुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ओसियाना स्पोर्ट्स मिट २०२३ क्यानबेरामा हुने । तयारी तिब्र रुपमा हुदै ।

बैठकमा एनआरएनए एसिटि संयोजक अशोक बस्नेत, पूर्व संयोजक चुडामणी सापकोटा, एएनएफएसका अध्यक्ष आशिष देवकोटा, पूर्व अध्यक्ष खुस्वु नेउपाने, ओसियाना स्पोर्ट्स मीटका डेपुटि कोअर्डीनेटर सुवर्ण कुवँर र स्पोर्ट्स कोअर्डीनेटर राजकुमार केसी सहित ३० जनाको सहभागीता रहेको थियो । बैठकले बिभिन्न खेलका कोअर्डिनेटर चयन गर्दै तिव्र रुपमा काम अघि बढाउने जानकारी दिएको छ ।

Total Page Visits: 1805 - Today Page Visits: 1
Shares