अष्ट्रेलियाको राजधानी क्यानबेरामा एउटा शान्त नेपाली रेष्टुरेन्ट छ ।धेरै नेपालीहरुले थाहा नपाएको तर बिदेशीहरुले थाहा पाएको मुस्तागं नेपाली रेष्टुरेन्ट फेररमा रहेको छ । हामी रेष्टुरेन्ट पुग्दा नेपाली मधुर संगीत बजीरहेको थियो । भित्र छिर्ने बित्तिकै चिसो पानी सहितको मिठो स्वागत आयो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=163%2C43&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/2522EE45-0D82-4315-AD4C-78F578253EE7.jpeg?resize=640%2C480&ssl=1)
रेष्टुरेन्टका संचालक मध्यका एक भन्दै हुनुहुन्थ्यो भित्र आउने सबै ग्राहक हुन र आउने सबैलाइ सन्तुष्ट बनाउने हाम्रो प्रयास रहनेछ ।
हाम्रो धेरैजसो डिनरमा केन्द्रित रहनेछ यानेकि रेष्टुरेन्ट खुल्ने नै मुख्यतया डिनरका लागी रहेछ । भान्छामा काम गर्नेहरुको ब्यस्तता राम्रै थियो । वीकडेज भएकाले पनि होला खास भिडभाड थिएन तर टेकअवे का लागी फोनका घण्टिहरु बजिरहेका थिए त्यसैले पनि भान्छाको ब्यस्ता बढिनै थियो सायद ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/8482632F-8B28-4A55-AF0B-2C1D5EF4C968.jpeg?resize=640%2C480&ssl=1)
हामी कसैको भन्दा पनि हामी सबैको हो भन्ने भावना राखेर काम गर्छौं । हाम्रोमा जो जो काम गर्नुहुन्छ हामीले उहॉंहरुलाइ आफनो संझिएर काम गर्नु र कमी कमजोरी भए बसेर सल्लाह गरेर राम्रो बनाऔं भन्ने हाम्रो धारणा रहेको छ अर्का संचालकको कथन थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/46E81C54-B097-4FA7-96B8-7C1667AB6C15.jpeg?resize=640%2C427&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/88758267-B4D7-49CC-8005-8E296A9BFECA.jpeg?resize=640%2C427&ssl=1)
रेष्टुरेन्टमा मधुर नेपाली संगीतको धुन संगै नेपाली मण्डला सजिएका छ । नेपाली कागजमा नेपाल झल्कने बत्तिका कभरहरु छन् जो रातमा बत्तिसंग उजेलीदै जान्छन् । भित्तामा अन्य थुप्रै नेपाल झल्कने हिमाल, गॉंउ घर र अन्य फोटाहरु छन् । ति फोटाहरुसंगै बुध्दिष्ट तोरण टॉंगीएका छन् । ढोकैमा बुद्धको मुर्ति छ जसले रेष्टुरेन्ट आउने सबै देशका मानिसहरुलाइ बुद्ध र नेपालको सम्वन्धमा बारेमा जानकारि दिनेछ । रेष्टुरेन्टले क्याटरिगंका लागी बुकिंक पनि गर्ने गरेको छ । बिवाह, ब्रतवन्ध, पास्नि र अन्य सबै चाड कल्याणकारी लागी क्याटरिगं गर्न परेमा पनि रेष्टुरेन्टले सुलभ मुल्यमा खानाको प्रवन्ध मीलाउने गरेको छ । यहॉंहरुलाइ पनि पार्टि गर्न आवस्यकता परेमा संझन सक्नु हुनेछ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/857C60BC-9C08-401F-B87B-8FF14C18281E.jpeg?resize=640%2C853&ssl=1)
नेपाली भन्दा धेरै स्थानिय ग्राहक र टेक वे हुनाले खासै वीक डेहरुमा ब्यस्त नभए पनि बिदाका दिनमा गार्हकहरु हुने गर्दछन् । बिशेष गरेर नेपाली सहित बिदेशिहरुलाइ नेपाली स्वाद चिनाउने मुस्तॉंगको आफनै प्रयास छ । यहॉंहरु पनि गएर मुस्तॉंगको नेपाली स्वाद चाख्न सक्नुहुनेछ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/91959B3A-E414-45CA-83AC-53F15AEC7281-scaled.jpeg?fit=640%2C473&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 खानाबाटै नेपाल चिनाउदै मुस्तागं ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/12/B11EE376-9C85-4375-9349-C94FF4D62F0E-scaled.jpeg?fit=640%2C480&ssl=1)