नेपाल फेष्टिवल क्यानबेराको आयोजक संस्था एनआरएनए एसिटि क्यानबेराले आज पत्रकार सम्मेलन गर्दै बिविध जानकारी दिएको छ । बिशेषगरि प्राजोयकहरुका बारेमा बिशेष समय दिएको सम्भेलनमा एनआरएन अष्ट्रेलियाका महासचिव राजु अधिकारीले सबैकुरा सोचेजस्तै रुपमा अघि बढिरहेको र मुख्य रुपमा कार्यक्रम गर्न चाहिने भनेको अर्थ रहेको र आर्थिक रुपमा अव कमजोर नभएको जनॉंउदै मुख्य प्रायोजक, प्लाटिनम स्पोन्सर र गोल्ड स्पोन्सरका बारेमा जानकारि दिनुभएको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 नेपाल फेष्टिवल क्यानबेराको पत्रकार सम्मेलन : मुख्य प्रायोजकमा मन फुकायो कसले ।
https://successedu.com.au/

एनआरएनए एसिटिका सचिब काशी भुषालले स्वागत गर्दै सुरु गरेको सम्भेलनमा एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले सबैले सहयोग गरेमा र अपनत्व महसुस गरे मात्रै नेपाल फेष्टिवल सहज रुपमा सम्पन्न हुने कुरा बताउनुभएको थियो । त्यसपछि प्रायोजकहरु हरुका बारेमा जानकारि महासचिव अधिकारिले जानकारी दिनुभएको थियो । जसअनुसार Main Sponsor Success Education and Visa Services रहेको छ भने Platinium Sponsor ABM Homes रहेको छ । Gold Partner का रुपमा The University of Canberra, Right and Associates Canberra-Education and Migration, 909IT Solutions, Expert Education and Visa Services, Illustrated Properties, Crown Institute of Higher Education and Grace international- Education and Migration Service रहेका छन् भने दोस्रो platinium sponsor को टुंगो हुन बॉंकि रहेको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 नेपाल फेष्टिवल क्यानबेराको पत्रकार सम्मेलन : मुख्य प्रायोजकमा मन फुकायो कसले ।

नेपाल फेष्टिवलमा नेपाली सहित बिदेशिहरुलाइ पनि नेपालका बारेमा जानकारि दिने उद्धेश्य रहेको छ । जसमा सुरुमा कल्चरल परेडमा सिटि घुम्दै कमनवेल्थ पार्क प्रवेश गर्नेछ । परेडमा कुमारी रथ यात्रा साथै लाखे नाच र पंचेबाजा रहने छन् । नेपाल हाउस मार्फत नेपाली भान्छा सहित धरहरा र सगरमाथा सहित राखेर नेपालका बारेमा सबै जानकारी दिने योजना रहेको कुरा महासचिव अधिकारीले जानकारी दिनुभएको हो । उहॉंले सबै सहयोगी संघ संस्था र पत्रकार साथिहरुलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै बिभिन्न मिडिया र सोसल मिडिया मार्फत नेपाल फेष्टिवलका बारेमा नेपाली सहित अष्ट्रेलियन र अन्य मुलुकका मानिसहरुलाइ जानकारी दिने उद्धेश्य रहेको कुरा उपाध्यक्ष अशोक बस्नेतले जानकारी दिनुभयो । त्यस्तै आशिष सापकोटाले मोवाइल एपबाट नेपाल फेष्टिवलका कामहरु गर्ने मील्ने गरि कार्य भइरहेको जानकारी दिनुभएको छ ।

लामो समयको चाहना पछि बल्ल बल्ल नेपाल फेष्टिवल क्यानबेरामा गर्न पॉंउदा आफु एकदमै खुसी रहेको र हामीले हाम्रो संस्कार, संस्कृति, प्राकृतिक सम्पदा र खाना मार्फत देश चिनाउन पॉंउदा खुसी लागेको बताउनुभएको थियो । कार्यक्रममा मुख्य प्रायोजक संघ संस्थाका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । नेपाल फेष्टवल क्यानबेराको संयोजक चुडामणी सापकोटा रहनुभएको छ ।

Total Page Visits: 1306 - Today Page Visits: 3
Shares