क्यानबेरा नेपलिज भलिवल क्लव (सिएनभिसि) ले प्रत्येक दुइ बर्षमा हुने साधारण सभाले नयॉं कार्य समिति चयन गरेको छ । आज २१ जनवरी २०२३ का दिन सॉंझ ५ बजेदेखि मोसनमा बसेको बैठकले यूवराज खनियाको नेतृत्वलाइ निरन्तरता दिदै थप सदस्यहरु सहितको समिति चयन गरेको हो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=186%2C83&ssl=1)
२०१७ मा स्थापित सिएनभिसि क्यानबेरामा एक मात्रै रजिष्टर्ड नेपाली भलिवल क्लव हो । साधारण सभामा कार्यसमिति सचिव राजकुमार केसीले स्वागत गर्नुभएको थियो भने अध्यक्ष यूवराज खनियाले क्लवका संस्थापकहरुलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । त्यस्तै क्लवलाइ आजको यो अवस्था सम्म आइपुग्न सहयोग गर्ने टाइटल स्पोन्सर सक्सेज एजुकेशन एण्ड भीजा सर्भिस तथा स्पोन्सरहरु एसबिए मोर्गेज एण्ड सोलुसन, कन्फिडेन्सरियल स्टेट, अजी फाइनान्स, आरके होम लोन्स, डिस्काउन्ट ग्रोसरि, एजे कम्प्लिट सोलुसन र मिडिया पार्टनर मेरो कपुरी कलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/5AFCC3CB-D6C3-44C9-A2AE-69F24BA9BAD5.jpeg?resize=640%2C480&ssl=1)
कोषाध्यक्ष जीवन थापाले आर्थीक बिवरण प्रस्तुत गर्नुभएको थियो भने सचिव राजकुमार केसीले क्लवले दुइ बर्षमा गरेका कार्य प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । क्लवले इन्टर इष्टेट टुर्नामेन्टमा सहभागीता जनाउने देखि एक दिवसिय सक्सेस कपको आयोजना गरेको र अवका दिनमा बर्षको दुइवटा मेजर कप आयोजना गर्ने जसमा एउटा इन्टर इष्टेट र अर्को लोकल कप गर्ने जानकारी दिनुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/CA9809D1-42F3-4229-BB94-D551BD171EAE.jpeg?resize=412%2C309&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/4662164B-A234-4ECE-8378-C7B6DCE995DC.jpeg?resize=640%2C480&ssl=1)
क्लवले संस्थापक सदस्यहरु कुमार केसी, सुरज पौडेल, बिनायक अधिकारी, दिपक हमाललाइ सहित स्पोन्सरहरुलाइ खादा ओढाएर सम्मान गरेको थियो भने सबै स्पोन्सरहरुले सहयोग निरन्तरता जारी राख्ने बचन दिदै क्लवको थप प्रगतिको कामना गर्नुभएको थियो । सभामा डा कृष्ण हमाल, डा डिडि कणेंल, कुमार थापा, आशिष सापकोटा र एनआरएनए एसिटिका संयोजक अशोक बस्नेत, मन तामागं, विवेक लोहनी, सुरज पौडेल, कमल कुवँर र दिपक हमालले क्लवको सफलताको कामना गर्दै सदैव सहयोग रहने बचन दिनुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/BE00C77B-7569-4A79-9033-0B86F32AAC7B.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/531ADE6E-F0C8-4F3C-8859-9CE65C2D3D58.jpeg?resize=640%2C480&ssl=1)
क्लवका मुख्य स्पोन्सर सक्सेस एजुकेशनका आदर्शजंग पाण्डेले क्लवलाइ सदैव सहयोग रहिरहने बताउदै क्यानबेरामा इष्टर होलिडेमा आयोजना हुने ओसियाना स्पोर्ट्स मा पनि क्लवले आफनो छुट्टै अस्थित्व बनाउने छ भन्ने आशा ब्यक्त गर्नुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/9213FDB9-94E4-4A49-81C1-9973862C3266.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/142529AA-7C82-409C-BDDF-93CC3FD86527.jpeg?resize=640%2C480&ssl=1)
डा कृष्ण हमाल नयॉं पुस्तासंग कसरि जोड्ने सकिन्छ भनेर प्रयास गरन सक्यौं भने भोलिका दिनमा थुप्रै खेलाडीहरु जन्माउन सकिने बताउदै क्लवको आर्थीक प्रतिमा आफु खुसी भएको बताउनु भयो । त्यस्तै फेन्काबाट लबिगं गरेर सहयोग गर्ने प्रतिबद्धता गर्दै साथ र सहयोग सदैव रहिरहने बताउनुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/561FF9F8-276B-475B-B794-850E23066688.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/06EFB729-0C03-452F-B028-9F36874CE635.jpeg?resize=640%2C480&ssl=1)
एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले एनआरएनए कप आयोजना गर्न सुझाव दिदै स्पोन्सर गरेर सहयोग गर्ने र यो सहयोग निरन्तर रहने बताउनु भएको छ ।
क्लवले निर्वाचन अधिकृत बिशाल गौतमलाइ जिम्मा दिएको थियो । उहॉंले सर्वसम्मति अनुसार भएको नयॉं कमिटिको नाम प्रस्तुत गर्नुभएको थियो जसअनुसार
अध्यक्ष – यूवराज खनिया
उपाध्यक्ष- जीवन बखुन्छे
सचिव – राजकुमार केसी
कोषाध्यक्ष – जीवन थापा
सदस्यहरु
ज्ञानेन्द्र थापा
ज्ञानु डॉंगी
करण पौडेल
सुरेश अधिकारी
नविन मैनालीलाइ चयन गरेको छ भने
पब्लिक आफिसर – अर्जुन केसी रहनुभएको छ ।
क्लवले नयॉं कप्तानको रुपमा ज्ञानेन्द्र थापालाइ पाएको छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/65C057B0-A9E6-4E1A-A464-69152D1B470D.jpeg?resize=640%2C480&ssl=1)
नव निर्वाचित अध्यक्ष खनियाले पूर्व उपाध्यक्ष भीम क्षेत्री र सदस्यहरु नविन अधिकारी र मिसन थापा सहित सबै सदस्यहरुलाइ सहयोगका लागी धन्यवाद ब्यक्त गर्दै नयॉं कार्यसमिति लाइ सक्रिय रहेर काम गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रम मुलचोक किचन मोसनमा भएको थियो भने सामाजिक ब्यक्तित्व, संघ संस्था पदाधिकारी सहित क्लवका खेलाडी हरुको उलल्ख्य सहभागीता रहेको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/3EB13EDB-0D4A-4D29-B328-561A6DC1962A.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/EAFCA095-74EF-43C1-A0E7-DF720D132759-scaled.jpeg?fit=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा भलिवल क्लवको साधारण सभाले चयन गर्यो नयॉं कार्यसमिति : के छन् त नयॉं योजना ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/D951EDD1-9846-442F-A721-1208D1141316.jpeg?resize=640%2C480&ssl=1)