नेपालको चर्चित सॉंगीतिक ब्याण्ड नेपथ्यले पहिलोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा सांगीतिक यात्रा गर्ने भएको छ। नेपथ्यले यस भन्दा पहिला पाँच पटक अष्ट्रेलिया यात्रा गरेपनि क्यानबेरा आउन पाएको थिएन । यसपटक भने दर्शकहरुको चाहना संगै नेपालीहरुको बाक्लो उपस्थिति र प्राथमिकताले गर्दा क्यानबेरा ल्याउन लागेका हौं आयोजक गौरव दाहालले बताउनुभयो । नेपथ्यले आगामी फेब्रुअरी ३ मा क्यानबेराबाट अष्ट्रेलिया यात्रा सुरु गर्दै १० मा सिड्नीमा कन्सर्ट गर्न लागेको हो।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 अरु छुटेर केहि भएन नेपथ्य छुट्नु हुदैन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=193%2C86&ssl=1)
हाल क्यानबेरामा झण्डै १० हजार नेपालीहरुको बसोबास रहेको आकंलन छ त्यसभध्ये यूवा पुस्ताको जमात अझै धेरै छ । नेपथ्य यूवा पुस्ताको सहित सबै नेपालीहरुको रोजाइ भएको हुनाले पनि नेपालीहरु खचाखच भरिने बिश्वास आयोजकको छ । पहिले भन्दा टिकट अलिक मंहगो रहेको तर्क केहि साथिहरुको रहेपनि नेपथ्य ब्याण्डको खर्च पनि महंगै रहेको हुनाले टिकट अलि महंगो रहेको तर्क आयोजकको छ । राम्रो हल, गुणस्तरिय संगीत सिष्टम र ब्यवस्थित आयोजना गर्नु पर्ने हुनाले पनि थोरै महंगो हुन गएको हो तर हाम्रो चाहना टिकट महंगो बनाउने भन्दा पनि सबै नेपालीहरुलाइ आउन सक्ने वातावरण बनाउन मन थियो तर ठुलो हल नभएका कारण हामी बाध्य भएका छौं आयोजक गिनिज गुरुगंको तर्क थियो ।
नेपथ्य ब्याण्डले सॉंगीतिक माहौलबाट शान्तिको सन्देश बोकेर नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट देश दौडाहा सकेर केही समयपछि अष्ट्रेलिया आउन लागेको हो । हल सानो भएको, नेपथ्यलाइ एकदमै क्वालिटि सॉंगित सामाग्री चाहिने र शुल्क पनि महंगो भएको हुनाले पनि क्यानबेरामा टिकट थोरै महंगो बनाउन परेकोमा दुखी भएको जनाउदै तर नेपथ्य भनेको आम नेपालीहरुको मुटुमा बस्न सफल ब्याण्ड भएको हुनाले दर्शकहरु थामीनसक्नु भीड हुने कुरामा दुइमत नभएको कुरा गुरुगंले बताउनुभयो ।
सॉंच्चै बजारमा यूवाहरुको सल्लाह थियो अरु छुटेर केहि भएन नेपथ्य छुट्नु भएन । क्विनबियन र क्यानबेराका नेपालीहरुले नेपथ्यलाइ भब्य स्वागत गर्नुहुनेछ भन्ने कुरामा आशाबादी रहेको कुरा आयोजक गौरव दाहालको रहेको छ । सॉंच्चैनै नेपथ्य ब्याण्ड मात्रै नभएर आम नेपालीहरुको सॉंगितिक धड्कन पनि हो त्यसैले संगीतले मन धड्काउन छिट्टै आम नेपालीहरु एकै ठॉंउमा हुनेमा आयोजक ढुक्क रहेको छ । कन्सर्ट आगामी ३ फेव्रुवरीका दिन मिनिगं क्लार्क सेन्टर एएनयू हलमा सॉंझ ६ बजेबाट हुनेछ । कार्यक्रम 8848 Entertainment ert ले गर्न लागेको हो भने टाइटल स्पोन्सरमा ग्लोबल स्कलर एजुकेशन एण्ड भिजा सर्भिस रहेको छ ।
कार्यक्रम :
Date : 3 feb 2023
Time : 5 pm
Location : Manning Clark Centre ANU
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 अरु छुटेर केहि भएन नेपथ्य छुट्नु हुदैन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/479A0A59-BEE7-4F78-BDFE-E7A8BD75B598-768x1024.jpeg?resize=640%2C853&ssl=1)