नेपालीहरु जता जता उतै उतै रमाइलो अर्थात् हामीलाइ कसरि ब्यस्त जीवनका बावजुत रमाइलो गर्ने भन्ने थाहा छ । काम घर अनि केटाकेटिको हेरबिचार बिदेशी दैनिकि हो तर यसै दैनिकि भित्र बसिरहदा पनि मानिसहरुलाइ गार्हो हुन्छ । अष्ट्रेलियाको राजधानी क्यानबेराकै पुरानो नेपाली संस्था अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटिले देउसी भैलोका सहयोगीहरु प्रति लक्षित गर्दै बनभोज कार्यक्रम गर्ने भएको छ । त्यसैमा अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलको स्वागत र नयॉं बर्षको शुभकामना आदान-प्रदान गरिने कुरा पनि जनाइएको छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 हामीलाइ बनभोजै मिठो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=164%2C73&ssl=1)
हामीले सबैजना नेपालीहरु सहित यहॉंका पार्टिका प्रतिनिधिहरु पनि बोलाएका छौं आशा छ उहॉंहरु आउनुहुनेछ निम्ता गर्दै गरेका सदस्य बिवेक पन्तले भन्नुभयो । मैले कसैले निम्तो पाइन भनेको सुन्न नपरोस भनेर ब्यक्तिगत निम्तो गरेको छु जसले गर्दा उपस्थिति उल्लेख्य हुनेछ भनेर आशा गरेका छौं पन्तको आशा यस्तै थियो । यी हाम्रा रेगुरल कार्यक्रम हुन र एएनएफएस सबैको हो सबैजना आएर कार्यक्रम भब्य बनाइदिनुहुन सबैमा अनुरोध छ एएनएफएसका अध्यक्ष आशिष देवकोटाको भनाइ थियो ।
कार्यक्रम जनवरी १५ तारिख आइतबारका दिन सॉंझ १ देखि ६ बजे सम्म हुने बनभोज कार्यक्रम कटर ड्याम स्थित क्यासुरिना स्याण्ड रिजर्भ कटर रोडमा हुनेछ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 हामीलाइ बनभोजै मिठो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/26038072-648F-481C-BEEC-491A6C70EB13.jpeg?resize=640%2C640&ssl=1)