अष्ट्रेलिया सहित ओसियानामा रहेका नेपाली समुदायमा मिनि ओलम्पिकको रुपमा मानिने ओसियाना स्पोर्ट्सको तयारी तिब्र रुपमा भइरहेको छ । हिजो २५ जनवरीका दिन ओसियाना नेपाल स्पोर्ट्स मिटका संयोजक आदर्शजंग पाण्डेले क्यानवेरा स्थित नेपाली राजदुतावासमा आयोजीत पत्रकार सम्मेलमा तयारी बारे जानकारी गराउनु भएको हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ओसियाना स्पोर्ट्स मिटको पत्रकार सम्मेलन : नयॉं पुस्ता सहित नयॉं खेल ।
https://successedu.com.au/

क्यानबेरामा हुने उक्त ओसियाना नेपाल स्पोर्ट्स मिटको आयोजक संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिले
खेलकुदको आयोजना अप्रिल ७ तारिख देखि १० तारिक सम्म क्यानवेराको विभिन्न स्थानमा हुने कुरा जनाएको हो । पत्रकार सम्मेलनमा  ओसियाना नेपाली खेलकुद प्रतियोगिताको संस्थापक संयोजक एवम वर्तमान संरक्षक दुर्गादत्त कंडेलले प्रतियोगिताको महत्व एवम प्रतियोगिताको ढाँचाबारे जानकारी गराउनु भएको थियो । प्रतियोगिता ४ दिन सम्म चल्ने र विभिन्न १० खेलमा अष्ट्रेलियाका ८ राज्य र न्युजिल्याण्डका गरि करिब ७ सय देखि १ हजार खेलाडी र व्यवस्थापकहरुले सहभागिता जनाउने अपेक्षा रहेको छ । खेलकुद आयोजनाको लागत करिब १ लाख अष्ट्रेलियन डलरको रहेको छ भने प्रतियोगितामा क्रिकेट, गल्फ,टेवल टेनिस, भलिबल, बास्केटबल, फुटबल, लन टेनिस, ब्याडमिन्टन,पौडि र  ५ किलोमिटर दौडको स्पर्धामा प्रतिष्पर्धा हुनेछ । ‘मिनी ओलम्पिक’ मा पौडी खेलमा प्रतिष्पर्धा हुन लागेको यो पहिलो पटक हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ओसियाना स्पोर्ट्स मिटको पत्रकार सम्मेलन : नयॉं पुस्ता सहित नयॉं खेल ।

पत्रकार सम्भेलनमा बोल्दै संयोजक पाण्डेले सबै स्टेटबाट स्पोन्सरको आशा राखेको र यो छिट्टै समाधान हुने आशा ब्यक्त गर्नुभएको थियो । खेलका लागी कोर्ट तथा मैदान बुकिगं केहि भएको र केहि अझै पुरा हुन बॉंकि रहेको कुरा डा डिडि कणेंलले जानकारी दिनुभएको हो । त्यस्तै नयॉं पुस्ताका लागी कसरि सहभागीता गराउन सकिन्छ भन्ने प्रश्नमा कणेंलले ब्याडमिन्टन, पौडि र १५ बर्ष भन्दा कम उमेर समुहका बालबालीकाहरुलाइ फुटवलमा प्रतिष्पर्धा गराउने योजना रहेको बताउनुभएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ओसियाना स्पोर्ट्स मिटको पत्रकार सम्मेलन : नयॉं पुस्ता सहित नयॉं खेल ।

यो प्रतियोगिता सन् २०१३ बाट सुरु भएको हो र यो पॉंचौं संस्करण क्यानवेरामा आयोजना हुन लागेको हो । प्रतियोगिताको पहिलो संस्करण सिड्नीले आयोजना गरेको थियो भने दोस्रो मेलबर्न, तेस्रो ब्रिसबेन र चौथो पुनः सिड्नीले आयोजना गरेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ओसियाना स्पोर्ट्स मिटको पत्रकार सम्मेलन : नयॉं पुस्ता सहित नयॉं खेल ।

Total Page Visits: 786 - Today Page Visits: 2
Shares