आजभन्दा १३ दिन अघि १५ जनवरी २०२३ का दिन काठमाडौ बाट पोखरा जॉंदै गरेको यति एअरलाइन्सको जहॉंज दुर्घटना भएको थियो । जसमा केहि बिदेशी सहित ७२ जनाले ज्यान गुमाएका थिए । ति सम्पूर्ण जनहरुप्रति श्रद्धांजलि अर्पणका लागी क्यानबेरा नेपाली समाजले आज नेपाली दुताबास क्यानबेरामा शोक सभाको आयोजना गरेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 यति एअर दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति क्यानबेरामा शोक सभा ।
https://successedu.com.au/

शोकसभामा अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलको उपस्थितिमा रहेको थियो । उहॉंले शोक मन्तब्यमा दुर्घटनावश परि सहादत प्राप्त गर्नुभएका सबै प्रति श्रद्धांजलि ब्यक्त गर्नुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 यति एअर दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति क्यानबेरामा शोक सभा ।
पुष्प अर्पण गर्दै महामहिम कैलाशराज पोखरेल ।

त्यस्तै एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले शोकसभामा आउनुभएका सबैलाइ धन्यवाद ब्यक्त गर्दै सहादत प्राप्त गर्नुहुने सबैप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै सबै मृतआत्माका परिवारप्रति श्री पशुपतिनाथले सबैलाइ सहन सक्ने सक्ति प्रदान गर्नेछन् भन्दै भोलिका दिनमा यस्ता दुर्घटना कम हुने आशा ब्यक्त गर्नुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 यति एअर दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति क्यानबेरामा शोक सभा ।

शोकसभामा महामहिमकि धर्मपत्नी बसुधा पोखरेल, नेपाली दुताबासका द्वितीय सचिव, एएनएफएसका अध्यक्ष आशिष देवकोटा, एनआरएनए एसिटिका उप संयोजक बिक्रम सुबेदि, पत्रकार प्रदिप तिमील्सीना सहित सामाजिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले फोटोमा पुष्प अर्पण गर्दै दिप प्रज्वलन गर्नुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 यति एअर दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति क्यानबेरामा शोक सभा ।

Total Page Visits: 1169 - Today Page Visits: 1
Shares