अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीहरुको स्वामित्वमा एकैपटक तिनवटा ब्यापारिक सेवा संचालनमा आएको छ । आर के होम लोन, इमेन्स भीजा एण्ड एजुकेशन सर्भिस र प्रोफेसनल कर्पोरेट सोलुलन प्राइभेट लिमिटेड गरि तिनवटा सेवा फेब्रुवरी ३ बाट एउटै छानामुनि ब्यवसाय सुभारम्भ भएको हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपालीको स्वामित्वमा एउटै छानामुनि तिनवटा ब्यवसाय संचालनमा ।
https://successedu.com.au/

आरके होम लोनले घर, गाड़ी र अन्य खरिद बिक्रिका लागी फाइनान्स सम्वन्धि सेवा दिदै आएको छ भने १५० भन्दा बढिलाइ सेवा दिइसकेको छ । इमेन्सले कलेज यूनिभर्सिटिका बिषय तथा भीजाका बारेमा जानकारी दिनेछ भने प्रोफेसनलले जव रेडि प्रोग्राम हो र यसले काम खोज्नमा सहयोग गर्ने कुरा कमल कुँवरले जानकारी दिनुभएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपालीको स्वामित्वमा एउटै छानामुनि तिनवटा ब्यवसाय संचालनमा ।

ब्यवसाय उद्घघाटन क्यानबेरा राज्यका छाया सरकारका संस्कृति मन्त्री तथा एमएले पिटर केन, र नेपाली समाजका अग्रज डा कृष्ण हमालले संयुक्त रुपमा गर्नुभएको थियो । अष्ट्रेलिया भ्रमणमा रहनु भएका धार्मिक प्रवचनकर्ता व्यासाचार्य श्री भुवन गुरुदेवले मन्त्रोच्चारण गर्नुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपालीको स्वामित्वमा एउटै छानामुनि तिनवटा ब्यवसाय संचालनमा ।
उद्घाटनको रिवन काट्दै पिटर केन ।

पिटर केनले तिनै सेवाहरुलाइ सफलताको शुभकामना दिनुभएको थियो । क्यानवेरामा नेपाली समुदायको व्यवसायीहरुले उल्लेखनीय प्रगति गरेको र यसले क्यानवेराको सम्रग विकासमा सहयोग पुगेको भन्दै नेपाली समुदायको प्रशंसा गर्नुभएको थियो । केनले नेपाली समुदायलाई आवश्यक परेको अवस्थामा आफु हरेक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपालीको स्वामित्वमा एउटै छानामुनि तिनवटा ब्यवसाय संचालनमा ।

डा कृष्ण हमालले नेपालीहरुका ब्यवसाय बढ्दैगएकोमा खुसी लागेको कुरा ब्यक्त गर्दै हामीहरु मेहनति र बिश्वासिला छौं त्यसैले राम्रो गरिरहेका छौ र अझै राम्रो गर्दै जानुपर्ने बताउदै बिध्यार्थीका रुपमा ल्याउनु काम दिन सहयोग गर्नु र घर किनिदिने योजना अत्यन्तै राम्रो रहेको कुरा ब्यक्त गर्नुभयो । डा हमालले धेरै बधाइ तथा शुभकामना दिदै आफु सदैव सहयोगको लागी तयार रहेको कुरा ब्यक्त गर्नुभयो । कार्यक्रममा राजन ढुंगेल, जीवन राना, केशव नेपाल, गुरुदेव भुवन प्रदिप तिमिल्सिना, बिनायक अधिकारी, प्रभाकर शाहले शुभकामना दिनुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपालीको स्वामित्वमा एउटै छानामुनि तिनवटा ब्यवसाय संचालनमा ।

हाम्रो पारिबारिक ब्यवसाय हो यसमा कमल कुवँर र म छौ । यसलाइ पारिवारिक वातावरण दिन खोजेका छौं हेरौं सकारात्मक भएर अघि बढ्यौं भने पक्कै सफल भइन्छ अर्का साझेदार शुसिल पोखरेलले बताउनुभयो ।

Total Page Visits: 1320 - Today Page Visits: 1
Shares