क्यानबेरा, फेब्रुवरी ४- दाइ कस्तो हुदै छ अष्ट्रेलिया भ्रमण “म त काम गर्न आएको मेरो काम सक्छु हिड्छु” नेपथ्यका मुख्य ब्यक्ति गायक अमृत गुरुगंसंगको कुराकानिमा उहॉंको सरल बोलि यस्तै थियो । तपॉंइहरुले नेपाली गीत संगीतलाइ माया गर्नुभएको छ भाषा साहित्यलाइ मॉंया गरिरहनु भएको छ र राष्ट्रियतालाइ मॉंया गरिरहनु भएको छ त्यसैले त हामी यहॉं आएका छौं ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपथ्यको गीत संगीतमा नाचेरै थाक्यो क्यानबेरा ।
https://successedu.com.au/

नेपालीहरुको मनमा एउटा छुट्टै स्थान बनाएर बस्न सफल ब्याण्ड नेपथ्यको हिजो फेव्रुवरी ३ का दिन मानिगं क्लार्क हलमा सॉंगीतिक कार्यक्रम भएको थियो। खचाखच भरिएका श्रोताका हातमा नेपालको झण्डा लिएर नाचिरहेका देखिन्थे भने नेपथ्यका मेन भोकलिष्ट अमृत गुरुगं दर्शकहरुसंगै ताल मीलाएर गॉंउदै नाचिरहनु भएको थियो । कार्यक्रम 8848 Entertainment ले गरेको थियो भने मुख्य प्रायोजक Global Scholar education and visa service रहेको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपथ्यको गीत संगीतमा नाचेरै थाक्यो क्यानबेरा ।

स्टेजबाट आयोजक, दर्शक श्रोतालाइ यो संयोजनमा निम्ति धेरै धन्यवाद दिदै गायक गुरुगंले नेपाललाइ जहॉं गएं पनि जहॉं रहेपनि उत्तिकै मॉंया गरिरहन र देश फर्कन अनुरोध गर्नुभएको थियो । यहॉं उमेरको भिन्नता थिएन, महिला पुरुषको फरक थिएन सबैलाइ नेपथ्यले एकै ठॉंउमा नचाइरहेको थियो यहिनै नेपथ्यको ख़ास बिशेषता हो त्यसैले त नेपालको पूर्व पश्चिम संगीतको माध्यमबाट एउटै मन बनाएर राख्न सफल छ नेपथ्य । सिंगो वर्ष ब्याण्डलाई ‘मानवताको लागि संगीत’को निम्ति समर्पित गरेको उल्लेख गर्दै हालै यसै नाराका साथ नेपालभर भव्य यात्रा गरेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपथ्यको गीत संगीतमा नाचेरै थाक्यो क्यानबेरा ।

स्टेजबाट नेपाली नेपाली हामी नेपाली भनिरहदा दर्शकहरुलाइ नेपाल फर्किएर जॉंउ जॉंउ भएको दर्शकले महसुस गरे । बिचबिचमा राष्ट्रियता र देश भक्ति गाथाले सबैको मन एकछिन नेपालै पुगेर आयो । जव संगीत गएर राष्ट्रियतामा पोखिन्छ तव मानिस भावुक बन्छ र संझन्छ आफनै देश, माटो, घर र परिवार ।संगीतलाइ मानवतामा जोडेर राष्ट्रियता बचाउन खोज्दै हिड्छ त्यसैले त सबै नेपालीको मन मुटुमा बस्न सफल छ नेपथ्य ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपथ्यको गीत संगीतमा नाचेरै थाक्यो क्यानबेरा ।

स्टेजबाट गीत पछि बोल्दै अमृत गुरुगंले बाँकी जेजस्तो भएता पनि हामी नेपाली हौँ, ‘एउटा नेपालीले अर्को नेपालीसँग संवाद गर्ने एउटै यो माध्यम भाषालाई नयाँ पुस्तासम्म जीवित राखौँ है भन्दै ’ ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतमा दर्शक झुमिरहेका थिए । गीतका क्रममा गुरुगंको कथन थियो ‘हाम्रा लोकगीतहरूले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शन पनि बोकेका हुन्छन् ।’

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपथ्यको गीत संगीतमा नाचेरै थाक्यो क्यानबेरा ।

गीत गाउने क्रममा देखाउने भिडियोका मन छुने दृष्यहरुले भने
धेरै दर्शकको मन छोएको देखिन्थ्यो । दर्शकहरुको वान्समोरमा रेसम, तालको पानी, रातो र चन्द्र सूर्य गाउदा श्रोता दर्शक झनै मुग्ध भएर नाचेका थिए । ब्याण्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउनुभएको थिए ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपथ्यको गीत संगीतमा नाचेरै थाक्यो क्यानबेरा ।

Total Page Visits: 1209 - Today Page Visits: 1
Shares