क्यानबेरामा पहिलो पटक भएको नेपाल फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । क्यानबेराको सिटि गरिमा प्लेसबाट सुरु भएको परेडमा नेपाली झण्डा सहित बिभिन्न जातजातीको पोशाक, कुमारी रथ यात्रा पंन्चे बाजामा नाचगान सहितको परेडले नेपाल र नेपालीको शान, मान र गौरवको अनुभुती गरेको थियो । परेड गरिमा प्लेसबाट ११ः३० मा सुरुवात भएर कमनवेल्थ पार्कको स्टेज ८८ मा आएर टुंगीएको थियो । परेडको अन्त्यपछि स्टेजमा कुमारी सहित सनातन समाजको समूहबाट स्वस्तिपाठबाट कार्यक्रम सुरु भएको थियो । स्वस्तिपाठमा धार्मिक प्रवचनकर्ता व्यासाचार्य श्री भुवन गुरुदेव पनि रहनुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=168%2C75&ssl=1)
औपचारीक कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुगं, महासचिव राजु अधिकारी उपाध्यक्षहरु अशोक बस्नेत, देव गुरुंग, हरि खड्का र बिनोद आचार्य सहित सचिव सन्ध्या शाह, कोषाध्यक्ष अनिल पोखरेल र यूथ कोअर्डीनेटर रविन मिश्र र डेपुटि यूथ कोअर्डीनेटर चन्द्र तिवारीको उपस्थिति रहेको थियो । उहॉंहरु संगै अन्य एनआरएनए प्रतिनिधिहरु, बिदेशी कुटनितिक नियोगका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि सहित बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/9483A256-5082-49B0-B24A-4BE17545C059.jpeg?resize=640%2C413&ssl=1)
कार्यक्रममा सिस्नोपानी नेपालका महासचिव टंक आचार्य सिड्नीबाट यहि कार्यक्रम हेर्न आउनु भएको रहेछ । उहॉंले यो रमाइलो हेर्न पॉंउदा निक्कै खुसी लागेको बताउदै उहॉंले गोदावरी र दक्षिणकाली पुगे जस्तो महसुस रहेको बताउनुभयो । हाम्रो टोपि बिशेष दौरा सुरुवाल बिशेष अनि समुन्द्र तरेपनि आफनो आफनै लाग्ने भनेर भावुक हुदै सानो ठॉंउमा यति ठुलो कार्यक्रम लोभ लाग्दो रहेको र बुवाआमाहरु खुसी भएको देख्दा आफु खुसी भएको बताउनुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/C8012880-B206-483D-8261-FDAC3F659581.jpeg?resize=640%2C480&ssl=1)
नेपाल हाउसको अवलोकन सकेपछि क्यानबेराका स्थायी बासीन्दा डेभिडलाइ कस्तो लाग्यो भनेर सोधेका थियौं । नेपालको यो अनेक कुराहरु हेर्दा एकपटक नेपाल घुम्न जॉंउ जॉंउ भएको छ सायद म मेरो परिवार सहित जान्छु होला भन्दा परिवार छेउमै बसेर मुसुमुसु हॉंसिरहेको देखेका थियौं । डेभिडलाइ हाम्रो पोशाक, खानेकुरा र नेपालीहरु एकजुट भएको असाध्यै मन पर्यो अरे । फेष्टिवलमा नेपाल हाउसमा नेपालका घरमा प्रयोग हुने सर सामाग्रीहरु राखिएको थियो र छेउमा धरहरा उभीएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/55FC71E5-595E-4855-95D0-D749F091493F.jpeg?resize=640%2C368&ssl=1)
क्यानबेराको कमनबेल्थ पार्क भरिभराउ नेपाली देख्दा सबैको मन खुसी देखिन्थ्यो । जता हेर्यो उतै नेपाली जता हेर्यो उतै आफना । सायद यस्तै कार्यक्रमले हो नेपाललाइ भावनात्मक रुपमा जोड्ने । कार्यक्रम वरपर नेपाली ब्यसायीक घरानाहरुका स्टल थिए भने नेपाली खानाको स्टलहरु खाना बेच्न भ्याइ नभ्याइ थिए । कार्यक्रममा स्थानिय कलाकारका नृत्य तथा गाएन प्रस्तुत भए तर साहित्यले भने स्थान पाएन । साहित्य चाहिन्छ भनेर न त आयोजक संस्थाबाट सोध्ने कार्य भयो न त उप समितिबाट साहित्य चाहिन्छ वा हुनुपर्छ भन्ने रह्यो । नेपाल फेष्टिवलमा साहित्य वास्ता नहुदा खल्लो महसुस भएको चॉंहि पक्कै हो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/61C3E2E9-E13A-4C87-9AFC-3F132FB35B68-1.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रमको अन्त्यमा द भोइस अफ नेपाल टिमले दर्शक नचाएको थियो । पालैपालो अरिफ राउफ, किरण गजमेर, बर्षा इटनी, करण राइ र प्रमोद खरेलले गीत गाएर दर्शकहरु नचाउनु भएको थियो । बिशेषत किरण गजमेरले नेपाल र नेपालीका बारेमा बोल्दै गीत गाउदा दर्शकले मज्जाले साथि दिएका थिए भने प्रमोद खरेल आउदा ताली क्यार वाहवाही निक्कै चर्को थियो । गायक प्रमोद खरेलले दिल छ पोखरामा, यो कुरा गोप्य जस्ता चर्चित गीत गाइरहदा दर्शकहरु मज्जाले नाचेका थिए । साथमा थुप्रै बुवा आमाहरु पनि आाफनै पारामा नाचिरहनु भएको थियो । संगीत यस्तो चिज हो जसले के बृद्ध के यूवा के बाल बालिका कसैलाइ पनि छोड्दैन बस नचाइरहन्छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/EC5A4B78-937D-42EC-9D0D-697EB9791669.jpeg?resize=640%2C360&ssl=1)
कार्यक्रमको Main Sponsor Success Education and Visa Services रहेको थियो भने भने Platinium Sponsor ABM Homes रहेको थियो । Gold Partner का रुपमा The University of Canberra, Right and Associates Canberra-Education and Migration, 909IT Solutions, Expert Education and Visa Services, Illustrated Properties, Crown Institute of Higher Education and Grace international- Education and Migration Service रहेका थिए ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/7063DD67-F70D-48EF-83FF-51DEEB27DC4C.jpeg?resize=640%2C278&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/C9571CB8-A176-4A81-AB2E-87C2CA31E33A.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/A9399AED-8CC7-41D7-9BAD-09E59A80BD58.jpeg?resize=640%2C368&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/FC978E02-09F8-40AF-BBC0-A5233A609BA2.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/958F5B1C-89D8-46EF-9D6B-08C122DAA7A2.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/2B689A64-C78D-41DB-ABE3-A9C3A9B85D1F.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/04AB6A2E-BBCF-4FA2-85E2-0B7161F70A26.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/E2D61BCB-6ED3-401C-A8F1-7D7A05169282.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा पहिलो नेपाल फेष्टिवल भव्य । बिदेशीलाइ नेपाल जाने मन बनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/0BB95C6B-4CC9-4A06-BE6A-B4606C7C5AFE.jpeg?resize=640%2C423&ssl=1)