नेपाल फेष्टिवलको रौनक सकिन नपाउदै क्यानबेरामा अर्को उत्सव सुरु भएको छ । मल्चिकल्चर फेष्टिवलको नामबाट हरेक बर्षहुने बहुसॉंस्कृतिक महोत्सवमा नेपालले पनि आफनो पहिचान, संस्कृति र कला पस्कने गर्दछ । एक सातै अघि मात्रै नेपाल फेष्टिवलको परेड स्थल फेरि अर्को साता नेपालमय हुने भएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा फेरि नेपालमय हुने ।
https://successedu.com.au/

फेब्रुअरी १८ तारिख शनिवार विहान १० बजे देखि १२:३० सम्म अरुमा स्ट्रिटमा रहेको स्टेजमा स्थानिय नेपाली कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्नुहुनेछ भने सनिबारका दिन सोहि अपरान्ह ३ बजे हुने परेडमा नेपाली समुदायले पनि सहभागीता जनाउने कुरा संस्थागत रुपमा सहभागीता गर्ने अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सेसाइटि (एएनएफएस) का अध्यक्ष आशिष सापकोटाले बताउनुभएको छ । नेपाली खाना प्रवर्धनका लागी पनि एएनएफएसले नेपाली स्टल सनिबार र आइतबार F16 र F17 मा रहने छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा फेरि नेपालमय हुने ।

बहुसंस्कृतिक महोत्सवको यो २५ औ वार्षिकोत्सव भएकोले पनि अन्य बर्षहरु भन्दा यस बर्ष बिशेष बनाउन लागेको हुनाले शुक्रवार, शनिवार र आईतवार गरि ३ दिन मनाउन लागेको हो । क्यानबेरामा नेपालीहरुको घनत्व बाक्लिदै गएको हुनाले पनि यस्ता महोत्सवहरुमा सहभागीता जनाउन र आफना बहु सॉंस्कृतिक, बहु भाषिक र बहु आयामिक पहिचानलाइ प्रस्तुत गर्ने सके आफनो महत्व अझै बढ्ने छ । कार्यक्रमलाइ एनआरएनए र नेपाली दुतावास क्यानबेराको सहयोगमा अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटि(एएनएफएस)ले महोत्सवमा नेपालको नेतृत्व गरिरहेको छ । भने नेपाल सहित अन्य १७० भन्दा वढी देशको सहभागीता रहने छ । कार्यक्रम हामी सबै नेपालीको रहेको हुनाले परेडमा नेपाली पोशाक सहित आफना जात जातीका पहिचान झल्काएर सबैजना सहभागी भइ नेपाल र नेपालीको प्रतिष्ठा जोगाउन अध्यक्ष देवकोटाले सबैलाइ अनुरोध गर्नुभएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरा फेरि नेपालमय हुने ।

Total Page Visits: 847 - Today Page Visits: 1
Shares