क्यानबेरा सरकारले क्यानबेरामा गाडी चलाउदै मोवाइल चलाउनेहरुलाइ लक्षित गर्दै क्यामेरा राख्न सुरु गरेको छ । गाडी चलाइरहेको समयमा अगाडी सिटमा बसेर मोबाइल, आइप्याड र ट्वयावलेट जस्ता बिधुतिय सामान प्रयोग गर्नाले सवारी चालकको मन बिचलित भइ दुर्घटना बढ्ने जोखिम रहेको हुनाले यो सावधानीका लागी मोवाइल लक्षित क्यामेरा ज्यान गरिएको जनाएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा मोवाइल लक्षित क्यामेरा : गाडी चलाउदा सावधान रहौं ।
https://successedu.com.au/

क्यानबेरा सरकारको सिटि सर्भिसको वेभसाइटमा दिएको जानकारी अनुसार गाड़ी चलिरहेको बेला भिडियो कल, फ़ोन कल, म्यासेज वा यूट्यूबमा भिडियो हेर्ने नगर्न र गाडी रेड लाइटमा रोकेको बेलामा पनि मोवाइल नचलाउन भनिएको छ । यदि तपॉंइले यस्ता कुराहरु ध्यान दिनुभएन भने तपॉंइ चर्को दस्तुर तिर्न तयार रहनुपर्ने हुन्छ । तपॉंइले म्यासेज वा सोसियल साइट चेक गरेको भेटिएमा $६१२ फ़ाइन र ४ डिमोरिट पोइन्ट जाने छ भने फोनमा बोलेको भेटिएमा $४९८ र ३ डिमोरिट पोइन्ट जाने छ ।

१४ फेब्रुवरि २०२३ का दिनदेखि मोवाइल डिटेन्सन क्यानबेरा नेपलिज का राखेपनि हाललाइ परिक्षण मात्रै गरिएको र फाइन अक्टोवरको महिनाबाट मात्रै पठाउन सुरु गर्ने पनि सिटि सर्भिसले जनाएको छ । हाल क्यामरा Hindmarsh Drive and Gungahlin Drive मा रहेको छ भने अन्य तिनवटा क्यामरा Canberra Avenue, Tuggeranong Parkway and Yamba Drive मा रहने जनाएको छ ।

Photo : Canberra times

Total Page Visits: 1227 - Today Page Visits: 2
Shares