![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 होलिको रंगमा संगीतको धुन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
क्यानबेरा फेरि एकपटक नेपालीहरुको उमंगमा संगीतको धुनसंगै होलिको रंगले पोतिनेछ । हामीलाइ हाम्रा चाडपर्वहरु सबै प्यारा छन् । त्यसैमाथि सबै दुख शुख भुलेर रंगहरुमा रंगीन पाएपछि सबैलाइ झनै रमाइलो हुन्छ ।
प्रायः हरेक बर्षहरुमा होलि मनाउने गौलि इभेन्ट्सले यसपटक पनि बिभिन्न चर्चित गायक गायिकाहरुका साथ होलि मनाउने योजना बनाएको छ । नेपाल आइडल दोस्रो सिजनमा दोस्रो हुनु सफल बिक्रम बराल, त्यस्तै नेपाल आइडलबाटै चर्चा कमाउन सफल केन्जल मेहर श्रेष्ठ र अष्ट्रेलियाको सिड्नीमा रहेर नेपाली गीत चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याइसक्नुभएका समिर आचार्यले चर्चित गीत संगीतमा आफना स्वरले सजाउनुहुनेछ । यहि आउदो सनिबार मार्च ४ तारिखका दिन क्यानबेरा ग्रेहाउण्ड रेसिंग क्लव (Canberra Greyhound Racing Club) मा दिनको २ बजेदेखि राती सम्म होलि फेष्टिवल हुनेछ । साथमा डिजे म्यूजिक, फुड र रंगहरु पनि रहनेछ ।
यसपटक पहिला भन्दा बिशेष ३/४ वटा नेपाली खानाका फुड स्टलहरु रहनेछन् भने कलरहरु बाहिरबाट लान पाइने छैन त्यहि भित्रको स्टलमा किन्नुपर्ने कुरा आयोजक गौलि इभेन्ट्सका निरज गौलिले बताउनुभएको छ । उहॉंले पारिबारिक जमघटमा होलि खेल्ने अवसर भएको हुनाले सबैजना आएर रमाइलो गर्नुहुन पनि सबैमा अनुरोध गर्नुभएको छ । आउनुहोस सबै मिलेर रंगहरुको पर्वमा रमाइलो गरौं । कार्यक्रमको मुख्य प्रायोजक https://successedu.com.au/ रहेको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 होलिको रंगमा संगीतको धुन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/EF77875C-4629-4CE8-8173-FA6898D49B12.jpeg?resize=640%2C518&ssl=1)