4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

नेपालीहरु थोरै हुदा परिबार जस्तो र धेरै हुदा वडा अनि गाबिस जस्तै हुने रहेछ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीहरु बढे संगै बिभिन्न कार्यक्रमहरु हुन थालेका छन् । यूबाहरु खेलकुदमा सहभागी हुन आफैं जान्छन् तर बुढ्यौली लाग्दै गर्दा कता जाने के गर्ने को संग खेल्ने भन्ने अन्योलतालाइ चिर्दै क्यानबेराका यूवा सुवर्ण कुवँरले सबैलाइ जम्मा गरेर रमाइलो क्रिकेट खेल आयोजना गर्नुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

सोच चॉंहि ठुलो थियो तर सोचेको जस्तो ब्वस्थित गर्न सकिएन । मैले धेरै सोचेको थिएं समय थोरै थियो कति कुरा चाहेको जस्तो गर्न सकिएन तर कति नसोचेको राम्रा कुराहरु पनि रहे । धेरै दाजुभाइहरु देखें जो कहिल्यै देखेको थिएन । अपर्झट केहि गर्ने रहर जाग्यो र नेपाली दाजुभाइ तथा दिदि बहिनिहरु एकै ठॉंउमा जुटाउने मन थियो अन्तत क्रिकेटले जुरायो । डा कृष्ण हमालदेखि सानो भाइहरुको खेल संगै हेर्न पाउनु सौभाग्यको कुरा पनि हो । महिलाहरुको सहभागीता बिशेष रह्यो । सबैजनाले धेरै सहयोग गर्नुभयो । यो कार्यक्रमको खुसीले छिट्टै अर्को कार्यक्रम गर्न मन छ आयोजक सुवर्ण कुवँरको भनाइ थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

कार्यक्रम सामुदायका सदस्यहरूलाई सप्ताहन्तमा एकसाथ रमाइलो गर्न सँगै ल्याउने शुद्ध उद्देश्यका साथ आयोजित गरिएको थियो। सबैजना काम गर्नुहुन्छ कामले र बिभिन्न तनावपूर्ण कुराहरुले गर्दा पनि सबै मिलेर खेल खेलेर तनाव मुक्त गर्न र मानसिक स्वास्थ्य सुधार गर्नका लागी पनि यो कार्यक्रम गर्न आवस्यक थियो । हामीले समुदायका सदस्यहरूलाई एकै ठाउँमा ल्याउन यस्ता धेरै कार्यक्रमहरू गर्ने अपेक्षा पनि गरेका छौं यो पटक क्रिकेट खेल्यौं अर्को पटक अन्य खेलहरु खेल्ने छौं । हामीलाइ, विदेशमा हुँदा, समुदायका सदस्यहरू हाम्रो परिवार भएको महसुस हुन्छ र उहॉंहरुलाइ भेट्दा हामीलाई आफनै घर परिवार सहित गॉंउमा भएको महसुस हुन्छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

बुढ्यौली क्रिकेट १६ जुलाइ आइतबार सञ्चालन भएको थियो । आइतबार भएकोले कति सिफ्ट वर्क गर्ने साथिहरु चाहेर पनि जोडिन पाउनुभएन भने कतिले भ्याउनुभयो । कुवँरका अनुसार खेल्न आएका मानिसहरूबाट हामीलाई ठूलो सहयोग र हौसला मिलेको छ । हामीसँग जम्मा ८ टोलीहरू थिए, प्रत्येक टोलीमा कुल १० खेलाडीहरू र प्रत्येक टोलीमा १ जना महिला अनिवार्य थियो।
टिम ग्रे – आशिष सापकोटा
टिम ब्लू – कृष्ण सुवेदी
टोली सेतो- जीवन राणा
टोली रेड – डीडी कँडेल
टिम येलो – सुवास सुवेदी
टिम ग्रीन – कृष्ण सुवेदी
टिम पिंक – अमृत शर्मा
टिम मरुन – मीनु राना

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

यो नकआउट खेल थियो जहाँ टिम मरुन, टिम ग्रे, टिम ह्वाइट र टिम पिंक सेमिफाइनलमा पुगेका थिए र टिम ग्रे र टिम मरुनले फाइनल खेल खेलेका थिए जहाँ टिम मरुनले फाइनल जितेको थियो। टोली मरुन एक मात्रै महिला क्याप्टेन मीनु रानाको नेतृत्वमा रहेको टोली थियो र अन्तत त्यहि टोलि बिजय भएको थियो । खेलमा
उत्कृष्ट ब्याट्सम्यान – आशिष सापकोटा
उत्कृष्ट बलर – अवि भुसाल घोषित गरिएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

कार्यक्रमा बारबिक्यू आयोजना गरिएको थियो भने क्यानबेरा तथा क्विनबियन क्षेत्रका नेपालीहरुको बाक्लो सहभागीता रहेको थियो ।आयोजक कुवँरले सबै सहयोगी, खेलाडीहरु दर्शकहरुलाइ कार्यक्रम भब्य बनाइदिनुहुने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको

 

4FE70310-DC56-4379-A08D-5629C61018A6 बुढ्यौलि क्रिकेटमा यूवा सपना ।

Total Page Visits: 778 - Today Page Visits: 2
Shares