![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 दिक्षितहरुका “बा” का ग्राजुएसन अनुभव ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
१२ जुलाइ २०२३ का दिन न्यूक्यासल यूनिवर्सिटी वरपर भीड़भाड़ थियो । नर्सिंगको स्नातकोत्तर सकेर ग्राजुएसन गर्न आएका बिध्यार्थीहरुमा नेपालीहरुको बाहुल्यता पनि राम्रै देखिन्थ्यो । नेपालदेखि छोराछोरीले ग्राजुएसनमा टोपि लगाएको हेर्न आउनुभएका बुवा आमाहरु हंसिलो मुहारमा यता उता अन्य नेपालीहरुका मुहार हेर्दै हिड्दै हुनुहुन्थ्यो । ढाका टोपिमा सजिएर आउनुभएका बुवाहरुले नेपाली सान मान लाइ मनैबाट सम्मान आइरहेको थियो ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 दिक्षितहरुका “बा” का ग्राजुएसन अनुभव ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/07/IMG_7386-scaled.jpeg?resize=640%2C399&ssl=1)
नेपाली मात्रै होइन हामीले सिंगो अफ्रिका देख्यौं, एसिया देख्यौं अनि अष्ट्रेलिया देख्यौं । अनि त्यहि भित्र त्यहॉंका देशमा शिक्षितहरु देख्यौं अनि दिक्षितहरु देख्यौं । हामीलाइ गॉंउबाट शहर बसॉंइ सर्नु कति गार्हो छ झण्झटिलो छ अनि थुप्रै समस्याहरुसंग जुध्नु पर्छ तर देशै छोडेर अर्कै भाषा, अर्कै समाज, अर्कै संस्कृतिहरुमा आएर त्यसैमा घुलिएर चल्न कम्ता सहज छैन । त्यसैमाथि यहिं पढेर यहॉंका स्थानियसंग प्रतिष्पर्धा गरेर सरकारी निकायमा छिर्नु अझै सजिलो कुरा भएन । हामीसंग हामीले चिनेका थुप्रै नेपालीहरु जो सरकारी निकायमा काम गरेर स्नाकोत्तर सकेका थिए ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 दिक्षितहरुका “बा” का ग्राजुएसन अनुभव ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/07/a315c6d5-ca3c-4021-9036-6d08661a12e1.jpeg?resize=616%2C563&ssl=1)
जे होस नेपालबाट आएर छोरा छोरीले राम्रो गरिरहेको, राम्रो पढेको र उच्च तहमा पुगेको हेर्न कस्ता बावु आमाको मन लाग्दैन र । मेरो कपुरी क टिमले थुप्रै हंसिला बुवाहरुसंग अनुभव साट्न चाह्यौं र हामीले सोध्यौं हजुरहरुलाइ कस्तो अनुभव रह्यो ? नेपालको पोखराबाट आफनो छोराको ग्राजुएसनमा आउनुभएका आनन्द श्रेष्ठले छोराको खुसीमा खुसी मीलाउदै आधा सन्चो आधा बिसन्चो रहेको बताउनुभयो । यहॉं आएर पढेर छोराहरुले राम्रो गरेको त कसलाइ मन पर्दैन र ? तर त्यो संगै यतै स्थायी रुपमा बस्ने हुन कि भन्ने पिर रहेको बताउनुभयो । अर्का श्रीमान श्रीमती संगै खुसी साट्न आउनुभएको थियो ।
हामीले चन्द्र सुबेदिलाइ सोध्यौं उहॉंले रमाइलो र गौरवको अनुभूति रहेको बताउनुभयो । मोरगंबाट छोरीको खुसीमा खुसी साट्न आउनुभएका केशव कोइराला संग सोध्यौं, यस्तो खुसीमा छोरी संगै हुन पाउनु त्यो पनि अर्काको देशमा आएर यो प्रगती देख्दा कुन बावु आमा खुसी नहोलान र ? आफु अत्यन्तै खुसी रहेको बताउनुभयो । त्यस्तै अर्का बुवा महेन्द्र पौडेलले बिषम परिस्थितिमा स्नातकोत्तर गरेको हेर्न पॉंउदा गौरवान्वित भएको छु तर यो पढेको ज्ञान र सिप आफु जन्मे हुर्केको देशमा पनि केहि सहयोग पुर्याउन सके र देश बिकाशमा योगदान दिन सके आफु अझै खुसी हुनेछु र यो पुगोस भन्ने सुभकामना दिन चाहन्छु ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 दिक्षितहरुका “बा” का ग्राजुएसन अनुभव ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/07/IMG_9205-scaled.jpeg?resize=640%2C345&ssl=1)
म सहित मेरो कपुरी क समूहले क्यानबेराबाट प्रदिप तिमिल्सिना, कुमार सापकोटा, रोजिना श्रेष्ठ र सबिता शर्मा अधिकारील सहित आम नेपालीहरु जो स्नाकोत्तरको सर्टिफिकेट बोकेर आफुलाइ अब्बल साबित गरिरहेछन् ति सबैलाइ उज्ज्वल भविष्य सहित सफल कार्य सम्पादनको हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।