4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

एनआरएनए अष्ट्रेलियाको प्रायोजनमा Canberra Nepalese Volleyball Club (CNVC) ले जुलाइ ८ मा आयोजना गरेको “NRNA State Volleyball Tournament” को खेल सम्पन्न भएको छ । ८ जुलाइ सनिबार बिहान ९ः३० बजे सुरु भइ सॉंझ ७ बजे सकिएको थियो । खेल ह्यारिसन स्कुल ह्यारिसनको स्पोर्ट्स हलमा सम्पन्न भएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

भलिवलमा ग्रुप A मा चारवटा र ग्रुप B मा चारवटा टिमहरु रहेका थिए । सिड्निबाट ५ वटा टिमहरु दर्ता भएका हुन भने क्यानबेराबाट ३ टिमहरु गरि जम्मा ८ टिमले दर्ता गरेका थिए ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

ग्रुप A मा Chantyal Pariwar, Canberra Striker, Dhorpatan Club र Misfit Club रहेका थिएं जसमा पहिलो खेलमा canberra Striker ले छन्त्याल परिवारलाइ सोझो सोचमा हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने अर्को खेलमा गोर्खा ब्वाइजले क्यानबेरा क्लवलाइ हरॉंउदै सेमिफ़ाइनल पुगेको थियो । Dhorpatan र MisFit बिच खेलमा Dhorpatan बाज़ी मार्दै सेमिफ़ाइनल पुग्यो भने अर्को खेल Myagdy Kali र MONA बिच भएको थियो जसमा myagdy Kali ले जित निकाल्दै सेमिफ़ाइनल पुगेका थिए ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

सेमिफाइनलमा canberra striker ले Dhorpatan संग खेलेको थियो भने Mygdi Kali ले Gurkha Boys संग खेल खेलेका थिए । ति खेलबाट Dhorpatan र Myagdy Kali ले फ़ाइनल खेल खेल्दै Myagdy Kali ले ३-१ को सेटमा बिजयी हुदै कप उचालेको थियो । जसमा प्रथम हुने Myagdy Kali ले $२५०० सहित कप उचालेको हो । दोस्रो हुने टिम Dhorpatan ले $१५०० सहित कपमा चित्त बुझाउनु पर्यो । खेलमा best spiker ढोरपाटन क्लवका बिजय आचार्यले पाउनुभएको थियो भने Myagdy Kali ले best player मा पारस भण्डारी, best blocker मा सनिस तुलाचन, best lifter मा किसन गुरुगं र best libro मा बिजय बानिया ले $१०० पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको थियो । त्यस्तै क्लवले सबै सहयोगी संस्थाहरुलाइ प्रमाणपत्र र मॉंयाको चिनो दिएर सम्मान गरेको थियो । पुरस्कार बितरण गर्न स्पोन्सरहरु सहित डा कृष्ण हमाल, डा डिडि कणेंल र अशोक बस्नेत रहनुभएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

खेलको टाइटल स्पोन्सर NRNA Australia रहेको छ भने platinium sponsor मा Aussie finance and home Loan, Gold sponsor मा COCON education and migration, silver sponsor मा Success Education and visa services, AJ Complete solution, JB migration and visa services त्यस्तै General sponsor Export education and visa services, Grace international Canberra, Better choice mortgage and finance, Mulchowk Kitchen, Everest education and visa services रहेका छन् भने IT partner मा KAKADU IT solution रहेका छन् ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

समापनमा बोल्दै एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक बस्नेतले भलिवल खेललाइ स्पोन्सर गर्न पॉंउदा खुसी लागेको बतॉंउदै खेलले मानसिक रुपमा र शारिरिक रुपमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने हुनाले भोलिका दिनमा पनि एनआरएनएको सहयोग रहिरहने बताउनुभएको थियो । क्लवका अध्यक्ष यूवराज खनियाले सबै खेल प्रेमीहरु, स्पोन्सरहरु, खेलाडीहरु र सहयोगी सबैलाइ हार्दिक धन्यवाद प्रदान गर्दै भोलिका दिनमा पनि सहयोगलाइ निरन्तरता दिन अनुरोध गर्नुभएको थियो । क्लवका सचिव राजकुमार केसीले हामीले यसपटक फरक बिधामा खेलाडीहरुवाइ पुरस्कृत गरेका छैं जसले गर्दा भोलिका दिनमा क्यानबेरा आउन र खेल्न खेलाडीहरुको मनोबल उच्च हुनेछ । खेल हेर्न क्यानबेरा क्विनबियन तथा सिड्निबाट खेलप्रेमीहरु आउनुभएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए भलिवल कप सम्पन्न : कसले लग्यो पहिलो पुरस्कार ?

Total Page Visits: 549 - Today Page Visits: 1
Shares