4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा हुने भलिवल लिगको तालिका सार्बजनिक ।

Canberra Nepalese Volleyball Club (CNVC) ले यहि ऑंउदो जुलाइ ८ मा हुने “NRNA State Volleyball Tournament” को खेल तालिका सार्वजनिक भएको छ । ८ जुलाइ सनिबार बिहान ८ बजेदेखि सॉंझ ८ ह्यारिसन स्कुल ह्यारिसनमा हुने भलिवलमा ग्रुप A मा चारवटा र ग्रुप B मा चारवटा टिमहरु रहनेछन् । सिड्निबाट ५ वटा टिमहरु दर्ता भएका छन् भने क्यानबेराबाट ३ टिमहरु गरि जम्मा ८ टिमले दर्ता गरेको हुन्।

ग्रुप A मा Chantyal Pariwar, Canberra Striker, Dhorpatan Club र Misfit Club रहेका छन् भने पहिलो खेल chhantyal Paribar र Canberra Striker खेल्नेछन् भने दोस्रो खेल Dhorpatan र MisFit बिच खेल हुनेछ । त्यस्तै समूह B बाट Gurkha Sports र CNVC बिच पहिलो र दोस्रो खेल Myagdy Kali र MONA बिच हुनेछ । ति खेलहरुको बिजयीहरु सिधै सेमिफ़ाइनलमा प्रवेश गर्नेछन् ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा हुने भलिवल लिगको तालिका सार्बजनिक ।

खेलको टाइटल स्पोन्सर NRNA Australia रहेको छ भने platinium sponsor मा Aussie finance and home
Loan, Gold sponsor मा COCON education and migration, silver sponsor मा Success Education and visa services, AJ Complete solution, JB migration and visa services त्यस्तै General sponsor Export education and visa services, Grace international Canberra, Better choice mortgage and finance, Mulchowk Kitchen, Everest education and visa services रहेका छन् भने IT partner मा KAKADU IT solution रहेका छन् ।

मेरो कपुरी क संगको कुराकानिमा बोल्दै क्लवका अध्यक्ष यूवराज खनियाले यो खेल NRNA को सहयोग र समन्वयमा हुन लागेको हो र यो सुरुवात मात्रै हो । यो पहिलो पटक भएको र अलि छोटो समयमा भएको हुनाले केहि कमी कमजोरी हुन सक्छन् तर भोलिका दिनमा यो अझै राम्रो र उदारहणीय हुनेछ । यो हाम्रो समाजको मात्रै नभइ बाहिरि समाजका क्लवहरु पनि आबद्ध भएको हुनाले यो उदाहरण पनि भएको छ । आशा छ यो बिशेष कार्यक्रममा सबै क्यानबेरा/क्विनबियनका सबै नेपालीहरुलाइ उपस्थित भएर कार्यक्रमलाइ भब्य सभ्य बनाइदिनुहुने आशा क्लवका अध्यक्ष खनियाले अनुरोध गर्नुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा हुने भलिवल लिगको तालिका सार्बजनिक ।

Total Page Visits: 605 - Today Page Visits: 1
Shares