4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भनिएको बनभोज भब्य भएको छ । अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटि (एएनएफएस) को आयोजना र ACT Government, ACT Health promotion Grant Program को सहयोगमा एएनएफएस पारिवारिक बनभोज कार्यक्रम आज २२ जुलाइ सनिबारका दिन बिहान ११ देखि ३ बजेसम्म यारबी पोण्ड गंगालीनमा भएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

बनभोज कार्यक्रम मा ५०० जना भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेल दम्पति सहित थुप्रै बुवा आमा, दाजु भाइ, दिदि बहिनिहरु र बाल बालिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिहान खाजाको रुपमा पाउरोटि र जाम सहित चियाको ब्यवस्था गरिएको थियो भने खानाको रुपमा पुलाउ, खसीको मासु, राजमा र मटर काउली आलु को तरकारी र अचारको ब्यवस्था गरिएको थियो । कार्यक्रमलाइ क्यानबेरा ग्रोसरि स्टोर, हिमालयन बुचर एण्ड ग्रोसरि स्टोर, डिष्काउन्ट ग्रोसरि, लुम्बिनि ग्रोसरि, कोपिला ग्रोसरि, एभरेष्ट बुचरी र काठमाडौं बुचरीले गरेको बिशेष सहयोगलाइ कार्यक्रम संयोजक निरज गौलीले हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

बनभोज कार्यक्रमा बुवा आमाहरु ऑंफै गीत गाइ नाचगान गर्दै रमाउनु भएको थियो । बिभिन्न ग्रुपहरुमा रहनुभएका बुवाआमाहरु सहित अन्य पनि गीत संगीतमा नाचेर मजा लिइरहेको देखिन्थ्यो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

केटाकोटिहरुलाइ खेल्ने ठॉंउ नजिकै भएको हुनाले सबै केटाकेटिहरु मिलेर खेलिरहेका देखिन्थे । आज दिनपनि खुलेको थियो भने खुलेको दिनमा मन खुलाएर रमाइलो गर्नेहरुको कमी थिएन । बुवा आमाहरुले आजको कार्यक्रम एकदमै रमाइलो भएको र यस्तै कार्यक्रम हरु गरेर सबै बुवा आमाहरुलाइ रमाइलो बातावरण बनाउन अनुरोध गर्नुभएको कुरा एएनएफएसका अध्यक्ष आशिष देवकोटाले हाम्रो कुराकानिका क्रममा बताउनुभएको छ । उहॉंले आज बिशेष गरेर यातायातमा र खाना पकाउन सहयोग गर्ने सहित सबै स्वयंसेवकहरुलाइ हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।

 

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 यस्तै बनभोजहरु भइरहुन ।

Total Page Visits: 1000 - Today Page Visits: 1
Shares