IMG_8539-295x300 जाजरकोटमा भूकम्पबाट ठुलो जन धनको क्षति । एनआरएनए अष्ट्रेलियाद्वारा मानबिय कार्यमा सहयोगको आग्रह ।

पश्चिम नेपालको जिल्ला जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार ठूलो भूकम्पपछि शुक्रबार राति १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्निच्युडको परकम्प गएको हो। यसपछि राति १२ बजेर २९ मिनेट जाँदा फेरि ४.२ म्याग्निच्युडको भूकम्प गयो भने राति १२:३५ बजे पुनः ४.३ म्याग्निच्युडको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

IMG_8539-295x300 जाजरकोटमा भूकम्पबाट ठुलो जन धनको क्षति । एनआरएनए अष्ट्रेलियाद्वारा मानबिय कार्यमा सहयोगको आग्रह ।
केन्द्रको रेकर्डअनुसार त्यसपछि शनिबार बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गयो भने पछिल्लो समय शनिबार (आज) दिउँसो ३ बजेर ४० मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको हो। भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो मात्रामा जनधनको क्षति गरेको छ। हालसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको सरकारले जनाएको छ।

IMG_8539-295x300 जाजरकोटमा भूकम्पबाट ठुलो जन धनको क्षति । एनआरएनए अष्ट्रेलियाद्वारा मानबिय कार्यमा सहयोगको आग्रह ।

IMG_8539-295x300 जाजरकोटमा भूकम्पबाट ठुलो जन धनको क्षति । एनआरएनए अष्ट्रेलियाद्वारा मानबिय कार्यमा सहयोगको आग्रह ।

जहॉंरहेपनि नेपाली र एकपटकको नेपाली संधैंको नेपाली । नेपालमा केहि हुने पित्तियाँ बिश्व भरता नेपालीहरुको मन दुख्छ र सलबलॉंउछन् सहयोगी हातहरु । यसै दुखद परिस्थितिलाइ मध्यनजर गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बिज्ञप्ति जारी गर्दै अष्ट्रेलियामा रहनुभएका नेपालीहरुलाइ सहयोग गर्न आग्रह गर्नुभएको छ । बिज्ञप्तिमा जारी गर्दै उहॉंले तत्काल एनआरएनए अष्ट्रेलियाको डिजाएष्टर रिलिफ फण्डबाट $१०,००० (दस हज़ार डलर) सहयोग घोषणा गर्दै थप संकलित रकम पनि यथासक्य पठाउन पहल गर्ने जानकारी दिनुभएको छ । सहयोगको लागी यो लिंक https://www.gofundme.com/f/support-for-earthquake-victims-in-western-nepal?utm_campaign=p_lico+share-sheet-first-launch&utm_medium=copy_link&utm_source=customer बाट सहयोग गर्न पनि सबैमा अनुरोध एनआरएनए अनुरोध गरेको छ ।
त्यस्तै बैंकबाट सिधै रकम दाखिला गर्न तल उल्लेखित
NRNA Disaster Relief Account
BSB: 032006
Account: 595128
खातामा गर्न सक्नुहुनेछ ।

IMG_8539-295x300 जाजरकोटमा भूकम्पबाट ठुलो जन धनको क्षति । एनआरएनए अष्ट्रेलियाद्वारा मानबिय कार्यमा सहयोगको आग्रह ।

Total Page Visits: 584 - Today Page Visits: 2
Shares