E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

अष्ट्रेलियाको राजधानी क्यानबेरामा पॉंचौं नेपाल एम्बेसी कप सम्पन्न भएको छ । क्यानबेरा नेपलिज फुटवल क्लवको आयोजनामा भएको प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको थियो । १६ टिमबाट फाइनलमा St. George Nepalese Club र Nepal United Football Club पुगेका थिए जसमा St George Nepalese Club ले ४-० को अन्तरले बिजयी हुन सफल भयो । बिजयी टिमले $५००० (पॉंचहजार अष्ट्रेलियन डलर) प्रमाणपत्र र सिल्ड पाउन सफल भएको छ । त्यस्तै उप बिजयी Nepal United Football Club ले $२००० (दुइहजार डलर) कप र मेडल पाएका छन् ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

प्रतियोगिताकै उत्कृष्ट खेलाडीको रुपमा रबि पासवानले $३५० पाउनु भएको छ भने प्रतियोगितामा टप सकररको रुपमा रुपक लामा हुनुभएको छ उहॉंले १२ गोल गर्नुभएको थियो । त्यस्तै बेष्ट डिफेन्डरको रुपमा प्रनिस रन्जित, बेष्ट मिडफिल्डर हुमना थापा र बेष्ट गोलकिपरको रुपमा मिलन गिरिले जनहि $१५० पाउनु भएको छ । पुरस्कृतहरु सबैजना सेन्ट जोर्ज नेपलिज क्लवबाट रहनुभएको छ ।

 

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

कार्यक्रमका बिचमा बाल बालिकाहरुका सम्मिलित खेल पनि खेलाइएको थियो । जसमा २८ जना बालबालिकाहरु सहभागी भएका थिए । जसमा एउटा समूहको नेतृत्व स्पर्ष कुवँर र अर्को समूहको नेतृत्व आरोन अधिकारीले गरेका थिए । बालबालिकाहरुको खेल संचालन गर्न खुश्वु नेउपाने र प्रल्हाद अर्यालले गर्नुभएको थियो । बिजयी सहित सबै बालबालिकाहरुलाइ डा कृष्ण हमालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । जम्मा २० मिनेटमा खेलाइएको खेलमा प्रत्येक टिमबाट ९/९ जना खेलाइएको थियो । जसमा चारवटा समूहमा रहेका चार चारवटा टिमबाट दुइ दुइ वटा छनोट भएर जम्मा ८ टिम क्वाटर फाइनलमा पुगेका थिए । क्वाटर फाइनलबाट ४ बिजयी टिम सेमी फाइनलमा पुगेका थिए । क्यानबेरा नेपलिज फुटवल क्लवले सेमी फाइनलमा सेन्ट जोर्ज नेपलिज फुटवल क्लवसंग हार बेहोरेको थियो । अन्तत सेन्ट जोर्ज र नेपाल यूनाइटेडले फाइनलको बाटो तय गरेका थिए ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

क्यानबेरा नेपलिज फुटवल क्लवका अध्यक्ष भविन्द्र तिलिजाले
कार्यक्रम अत्यन्तै सफल रहेको बतॉंउदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने नेपाली दुताबास सहित ब्यवसायीक तथा सामाजिक संघ संस्था, ब्यक्तिगत रुपमा सहयोग गर्नुहुने स्वयंसेवकहरु, प्रविधिमा सहयोग गर्नुहुने साथिहरु र मिडियाका साथिहरु सहित सम्पूर्ण उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा Starlink Mortage and Finance रहेको थियो भने प्लाटिनम स्पोन्सर रुपमा 909 IT Solution रहेको थियो । त्यस्तै गोल्ड स्पोन्सर रुपमा Success Education and Visa Service र Right and Associates ले गरेका थिए ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

अष्ट्रेलियाको राजधानी क्यानबेराको AIS grass field 3, 4 मा भएको प्रतियोगितामा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाको लागि नेपालका राजादुत कैलास राज पोख्रेलले खेलको उद्घाटन गर्नुभएको थियो । त्यसैगरि प्रतियोगितामा FeNCAA का President डा.कृष्ण हमाल लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 नेपाल एम्बेसी कप सम्पन्न । पॉंचहजार डलर पुरस्कार कसले जित्यो ?

Total Page Visits: 866 - Today Page Visits: 2
Shares