हामीलाइ बिशेष गरि दशैं तिहार भन्ने बितिक्कै खुसी, रमाइलो र पारिवारिक जमघटका चाडपर्व हुन भन्ने महसुस हुन्छ । सबै परिबार संगै रहेर खुसि बाटेर जमरा साट्नुको आनन्द अन्य बेला कहॉं हैन र ? देशमा संगै सबै परिबार बसेर रमाइलो गर्न नपाए पनि हामीहरु जहॉं छौं त्यहि रमाइलो गर्न पाइने भएको छ।
यसपाली तिहार फेष्ट मार्फत हामीसंग बसेर हामीलाइ देश जान नपाएको पिडालाइ यतै खुसीमा परिणत गर्न प्रयास गर्नका लागी सुगम संगीतका चर्चित गायक सुगम पोखरेल र नेपाली र्याप गायन क्षेत्रमा परिचित गायक सुदिन पोखरेल क्यानबेरा आउनुहुने भएको छ । बिशेष गरेर तिहारलाइ चाडलाइ लक्षित गर्दैगायक द्वय क्यानबेरा आउने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा गायकद्वय संगै सॉंस्कृतिक कार्यक्रम, देउसी भैलो कार्यक्रम, नृत्य र डिजे सहित अन्य थुप्रैखानाका स्टलहरु पनि रहनेछन् ।
कार्यक्रम Greyhound Racing Club Narabundah मा नोभेम्वर १० शुक्रवारका दिन सॉंझ ४ बजेदेखि १० बजेसम्म हुनेछ ।आयोजक संस्था पार्टि टाइम नेपालले क्यानबेरा तथा क्विनबियन क्षेत्रमा बसोबास गर्ने सबै नेपाली बुवा आमा, दाजुभाइदिदिबहिनिहरुलाइ कार्यक्रममा सहभागी भएर कार्यक्रम भब्य बनाइदिनुहुन पनि सबैमा अनुरोध गरेको छ । कार्यक्रममा गायन मात्रै नभइ बिभिन्न सॉंस्कृतिक कार्यक्रमहरुबाट भव्य मनोरन्जन प्रदान गर्ने कुरा आयोजक संस्थाबाट प्रसान्त प्रसाइ र अमृत पौडेलले हामीलाइ बताउनुभएको हो । पार्टि टाइम नेपालले क्यानबेरामा यो पहिलो कार्यक्रमको आयोजना गरेको हो ।
![[Tags] IMG_8539-295x300 तिहार फेष्टामा सुगम र सुदिन पोखरेल सहित बिभिन्न सॉंस्कृतिक कार्यक्रम हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8535.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 तिहार फेष्टामा सुगम र सुदिन पोखरेल सहित बिभिन्न सॉंस्कृतिक कार्यक्रम हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 तिहार फेष्टामा सुगम र सुदिन पोखरेल सहित बिभिन्न सॉंस्कृतिक कार्यक्रम हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] IMG_8539-295x300 तिहार फेष्टामा सुगम र सुदिन पोखरेल सहित बिभिन्न सॉंस्कृतिक कार्यक्रम हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/09/WhatsApp-Image-2023-09-05-at-12.52.38-AM.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 तिहार फेष्टामा सुगम र सुदिन पोखरेल सहित बिभिन्न सॉंस्कृतिक कार्यक्रम हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)