IMG_8539-295x300 म्ह पुजा बिशेष : उत्सवमा सहभागी हुन आग्रह ।

हामी नेपाली अनि हाम्रो बिविध संस्कृति । तिनै संस्कृतिमध्येको नेवारी संस्कृति पनि बिशेष रहेको छ । नेवारी संस्कृति मध्येको बिशेष पर्व जो तिहारमा सबैजना जम्मा भएर आफैंले ऑंफैलाइ गर्ने बिशेष पुजा हुन्छ जसलाइ म्ह पुजा भनिन्छ । यसपटक क्यानबेराको अल्बर्ट हलमा म्ह पुजा बिशेष साँझ हुने भएको छ । गुठि क्यानबेराको आयोजनामा हुन लागेको म्ह पुजामा के कस्ता कार्यक्रम हुनेछन् तल दिइएको छ ।

IMG_8539-295x300 म्ह पुजा बिशेष : उत्सवमा सहभागी हुन आग्रह ।

म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ ।

IMG_8539-295x300 म्ह पुजा बिशेष : उत्सवमा सहभागी हुन आग्रह ।

IMG_8539-295x300 म्ह पुजा बिशेष : उत्सवमा सहभागी हुन आग्रह ।

गुठि क्यानबेराका अध्यक्ष सरोज महर्जनका अनुसार म्ह पुजामा के के हुन्छ कसरि हुन्छ यो सबै बिधि अन्तर्गत गर्ने र सबैलाइ देखाउने कार्यक्रम हुनेछ । तत्पश्चात् नेवारी भोज हुनेछ जसमा बिभिन्न २५ किसिमका परिकार सहित चार पटक फरक फरक खानाको ब्यवस्था हुनेछ । बिभिन्न पेय पदार्यहरु पनि बिक्रियाँ लागी रहनेछन् त्यसका लागी भने अतिरिक्त शुल्क लाग्नेछ ।

सहभागीहरुलाइ एउटै टेवलमा बस्न मन लागेको खण्डमा आयोजक संग सम्पर्क गरि आफनो टेवल ब्यवस्थापन गर्न सकिने छ । आयोजकले कार्यक्रमका दिन ढोकाबाट टिकट बिक्रि नगर्ने कुरा जनाएको छ त्यसका लागी सहभागी हुन चाहने सबैले अग्रिम बुकिंग गर्नु पर्नेछ । त्यसका लागी तल उल्लेखित लिंकमा गएर १० बर्ष माथिका सबैले प्रति ब्यक्ति $७० तिर्नु पर्नेछ भने ३-१० बर्षका सबैलाइ $४५ लाग्ने कुरा आयोजकले जनाएको छ ।

कार्यक्रमलाइ Success education and visa Service र Dented Code Academy को बिशेष प्रायोजन रहेको छ ।
आयोजकले यो बिशेष कार्यक्रममा सबैजना उपस्थित भइ बिशेष पुजा, खाना र सॉंस्कृतिक कार्यक्रमको मज्जा लिन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रमको जानकारी :
मिति: नोभेम्बर 13, 2023
समय : 5:00 बजे
पूजा प्रारम्भ: साँझ ६:०० बजे
स्थान: Albert hall, 100 commonwealth Avenue, yarralumla, 2601

टिकट खरिदका लागी निम्न लिंकमा जानुहोस ।
https://guthicanberra.org/events/mha-puja/

IMG_8539-295x300 म्ह पुजा बिशेष : उत्सवमा सहभागी हुन आग्रह ।

 

Total Page Visits: 711 - Today Page Visits: 2
Shares