IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

प्रत्येक बर्ष बर्षमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने मल्टिकल्चर फेष्टिवल यसबर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । प्रभातफेरि कार्यक्रम भने गत बर्षहरुमा जस्तो नेपालीहरुको उपस्थिति देखिएन । गत बर्ष नेपाली दुताबासले यसको नेतृत्व गरेको थियो र निम्तो सहित सबैलाइ उपस्थित हुन अनुरोध गरिएको थियो । भएको पनि त्यस्तै थियो थामिनसक्नु भिड नेपालीहरुकै थियो । यस बर्ष भने उपस्थिति अत्यन्तै फितलो देखियो  । यसलाइ कसरि बुझ्ने आयोजकको कमजोरी भनौं हामी सबै आयोजक हौं हैन भनौं भने हामीलाइ थाहा थिएन भन्ने प्रस्नको उत्तर कसले दिने ? हामीले सॉंझ उपस्थित केहि साथिहरुलाइ सोधेका थियौ प्रभातफेरि कार्यक्रममा किन आउनु भएन भनेर ? उनिहरुको भनाइ थियो हामीले सामाजिक संजालहरुमा लाइभ भिडियो हेरेपछि मात्रै देख्यौ त्यस्तो रमाइलो हुने रहेछ हामी त सामान्य हिडाइ होला भनेर नआएको । अनि अर्का साथिहरुको भनाइ थियो हामीलाइ ४ बजे पछि मात्रै सुरु हुन्छ भनेर ढिला आएको यहॉं त कार्यक्रम सकिएछ । सायद यी सबै कमजोरी हाम्रै हुन जो क्यानबेरा/क्विनबियनमा नेपाली मन लिएर बसिरहनुभएको छ ।

IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

खएर जे भएपनि हामीले आफना कमि कमजोरीलाइ भने सुधार्दै लानुपर्ने देखिन्छ । अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले नेतृत्व गर्दै आएको कार्यक्रम लाइ नेपाली दुताबास र एनआरएनए एसिटि लगाएर स्थानिय संघ संस्थाहरुले सहयोग गरेका थिए । पंचेबाजा बजॉंउदै बाटोमा हिड्दा भने बिच बिचमा दाँया बॉंया बसेर दोहोरिको रमाइलोमा रमाइरहेको भिडबाट फोटो र भिडियो खिच्नेहरुको लर्को देखिन्थ्यो । धन्न यसपटक एएनएफएसले पन्चेबाजाका सामाग्रीहरु ल्याउन सफल भएछ र क्यानबेराका बाटोमा पन्चेबाजा बजे र दुनियालाइ हाम्रा बाजा सुनाउन सकियो । जे होस हामी जे जति उपस्थित हुन सक्यौं हामीले आफनो परिचय, पहिचान र संस्कृति देखाउने कोशिस जारी राख्यौं । एएनएफएसले आफनै पौरखि हातहरुले मम, सेल बनाएर खाना चिनाउने र संस्थालाइ पनि अर्थ संकलनको काम गर्यो । नेपाली दुताबासले स्टल राखेर नेपाल बारे जानकारी दिने काम गरेको थियो ।

IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

सॉंझ ६ बजेबाट हाम्रा स्थानिय कार्यक्रम सुरु भएका थिए । नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा पाठशालाका भाइ बहिनिहरुले नाच गान गरेका थिए । अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलले परेडबाट आफनो कला संस्कृति देखाउन पॉंउदा खुसी भएको भन्दै नेपालनै यहिनै भएजस्तो लागेको बताउनुभएको थियो । साथै उपस्थित सबैलाइ कार्यक्रम भब्य बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो । हाम्रो पाठशालाबाट राष्ट्रिय गान, रायन पोखरेलको माइतिघर नृत्य, काब्याको घिन्तागं घिन्तागं नृत्य, मानश्वीको चापागाइको गायन, अंशुको नृत्य सहित काब्या र रिनिको रिमाइ रहेको थियो । त्यस्तै मनिषा, इन्दु र सविना, उमेश कैनिको गायन, मनिषा र फिरोज सुनारको नृत्य, श्रुति र टिमको रिमाइ र हुकुम बक्सियोस र नबिन र टिमको कार्यक्रम रहेको थियो । नव प्रतिभा शसॉंक अधिकारीबाट नृत्य र गायनबाट दर्शक खुसी बनाउने प्रयास रह्योनै । नेपालबाट आफनो बिशेष कार्यक्रमका लागी क्यानबेरा आउनुभएका गायक प्रकाश सपुतले आफना लोकप्रिय गीतहरुले दर्शकलाइ मत्रमुग्ध बनाउनु भएको थियो । बिच बिचमा नाच्न सिकाउदै गर्दा दर्शकहरु उसैगरि नाचिरहेका देखिन्थे । के नेपाली के बिदेशी सबैजना नेपाली गीत संगीत खुसी मानेर हेरिरेका थिए । अष्ट्रेलियन यूवती सारालाइ हामीले सोधेका थियौं कस्तो लाग्यो नेपाली कार्यक्रम ? उ गाएक पपुलर हो जस्तो छ है कति रमाइलो गरिरहेको छ भनेर कुरा सुरु गर्दै लाइनमा बसेर मम पनि खाएको सुनाउनुभएको थियो । जे होस हजारौ नेपाली र बिदेशी दर्शकका अघि प्रकाश सपुतले भब्य मनोरन्जन प्रदान गर्नुभएको थियो । तर कार्यक्रम नसकिदै ९ः३० बजेतिर आएको पानिले भने दर्शकलाइ ओत खोज्दै दगुर्न बाध्य बनायो र गीत संगीतले नअघाउदै घर फिर्नुपर्यो ।

IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

कार्यक्रम फेब्रुवरि १६ शुक्रबार, १७ सनिबार र १८ आइतबार गरि तिन दिन भएको थियो । सनिबार प्रभातफेरि कार्यक्रम र सॉंझ बिविध सॉंस्कृतिक सहित गायक प्रकाश सपुतको कार्यक्रम रह्यो भने आइतबार बिहान गुठि क्यानबेरा र कला संस्कृतिको सामुहिक कार्यक्रम रह्यो । गुठि क्यानबेराले आफनो नेवारी भेष भूषा सहित गीत संगीतकार कार्यक्रम गरेको थियो । नेवारी बाजा सरोज महर्जन, सर्जुना महर्जन र सबिन महर्जनले बजाउनु भएको थियो भने लाखे नृत्य सिरोन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नेवारी समूह नृत्यमा सबिना महर्जन, आश्मा श्रेष्ठ, अलिना कशुला, सुभेक्षा र संझना रहनुभएको थियो । धिमे बाजामा सबिन, सुमन, कृष, बिजय, सर्जुना, नरेन्द्र र सरोज रहनुभएको थियो । नेवारी द्वय नृत्यमा सक्षम सपना रहनुभएको थियो भने भैरव नृत्यमा सिरोन श्रेष्ठले आफनो कला प्रस्तुत गर्नुभएको थियो । त्यस्तै स्मारिका अधिकारीले कथ्थक नृत्य प्रस्तुत गर्नुभएको थियो भने शसॉंक अधिकारीले गीत गाउनुभएको थियो । कार्यक्रम संचालन प्रशा श्रेष्ठले गर्नुभएको थियो ।

IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

यसपाली जे जस्ता कार्यक्रम हुन सके हुन सकेनन् जे भयो सकियो । कुनै संस्थाले कार्यक्रम गर्छु भनेर अन्त्यमा नगर्दा कसरि समय ब्यवस्थापन गर्ने भनेर धौ धौ पर्यो । जे होस आफनै कार्यक्रमलाइ आफैंले धेका दिने काम बन्द गरौं । कार्यक्रम गर्न सकिदैन भने अघि नबढौं अरु कसैले कार्यक्रम गर्छ । समाजसेवा गर्न सजिलो छैन । जसले कार्यक्रम सफल बनाउन हर प्रयास जारी राख्नुभयो । प्रत्यक्ष वा परोक्ष रुपमा जसले कार्यक्रममा हरेक रुपमा सक्रिय रहनुभयो उहॉंहरुलाइ पक्कै कसैले संझने छ अनि समाजले संझने छ । देश चिनाउन, संस्कृति चिनाउन र आफनो समाज चिनाउन पार्टि, बर्ग, र धर्मका खोल ओढेका आदर्शका ढर्रा बन्द गरौं कार्यक्रम आंफैं सफल हुन्छन् ।

IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ । IMG_8539-295x300 दिनैभरि घन्कियो बाटोमा पन्चेबाजा : प्रकाश सपुतसंगै रमायो मल्टिकल्चर सॉंझ ।

Total Page Visits: 513 - Today Page Visits: 2
Shares