IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर ।

नेपाली गजल गाएनमा एउटा बिशेष नाम गायक राज सीग्देलको अष्ट्रेलियाको राजधानी क्यानबेरामा गजल सॉंझ भएको छ । उहॉंको अष्ट्रेलिया भ्रमणको यो पटकको अन्तिम र बिशेष कार्यक्रम रहेको थियो । गायक सिग्देलका पर्थ मेलवर्न र सिड्नी लगायतका शहरहरुमा बिशेष गजल सॉंझ भएका थिए । मार्च ११ तारिख सोमबारका दिन लोकप्रिय गजल “उ जितेर गइ या हारेर गइ नतिजा आफैतिर पारेर गइ” का गायक राज सिग्देललाइ क्यानबेराले सुनेर मख्ख परेको छ । गायक सिग्देलले आफना चर्चित गीतहरु साथै अन्य स्रष्टाका गीतहरु पनि गाउनुभएको थियो ।

IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर ।

सुगम संगीतका चिन्तक गायक सीग्देलका उ जितेर गइ, यो त जाली शहर हो प्रिया, नज़र दामी हजुरको, च्वास्स बिझ्ने तिम्रो मॉंया, दुश्मन खुसी जस्ता धेरै गीतहरु लोकप्रिय छन् । बिशेषगरि सुन्न आनन्द लाग्ने मिठा शब्दहरुमा बनेका गजललाइ कणप्रिय स्वरले सजाउन सक्ने खुसी भएका गायक राज सीग्देलको गजल सॉंझमा दर्शकहरुले मज्जाले सुनेर रमाए र वाह वाह बिच वान्समोर गुन्जीरह्यो । गायक सिग्देललाइ  स्थानिय गजलकारहरु द्वय बिनायक अधिकारी र तुल्सा पाण्डेले साथ दिनुभएको थियो  । अधिकारी र पाण्डेको गजल वाचनमा पनि दर्शकको साथ गज्जव रहेको थियो ।

IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर । IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर ।

नेपाली समाजका अगुवा डा कृष्ण हमालले गायक तथा गजलकारद्वयलाइ खादा ओढाएर स्रष्टा सम्मान गर्नुभएको थियो । कार्यक्रम द हंग्रि बुद्ध नेपलिज रेष्टुरेन्ट बेलकोननमा ११ मार्च सोमबारका दिन सॉंझ ८ बजेबाट रातको ११ः३० सम्म भएको थियो । कार्यक्रमको कोपिला ग्रेसरि स्टोर र यूनिग्लोव पिटिइ सेन्टरको संयुक्त आयोजनामा भएको हो । कार्यक्रमलाइ ओम इमेन्स एण्ड इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । कार्यक्रमको समापन गर्दै ज्येति घिमिरेले सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो भने गायक राज सिग्देललाइ मॉंयाको चिनो प्रदान गरिएको थियो ।

IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर । IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर । IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर । IMG_9828-150x150 गायक राज सिग्देलको कार्यक्रममा वान्स मोर वान्स मोर ।

Total Page Visits: 174 - Today Page Visits: 2
Shares