IMG_9828-150x150 क्यानबेराको होलिमा “नाच्नु पर्छ बिच बिच्चमा” ।

अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) को आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा होलि मेला हुने भएको छ । बिशेषगरि देश बाहिर भएपछि मानिसहरुमा देशमा हुने चाडपर्व भाषा संस्कृतिको बिशेष महत्व झनै हुने गर्दछ त्यसैले नेपालबाट कलाकार बोलाएर हुन्छ वा स्थानिय कलाकारहरु बोलाएर होस संस्कृति मनाउने क्रम चलिरहेकै हुन्छ ।

IMG_9828-150x150 क्यानबेराको होलिमा “नाच्नु पर्छ बिच बिच्चमा” ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।*१

IMG_9828-150x150 क्यानबेराको होलिमा “नाच्नु पर्छ बिच बिच्चमा” ।

यसपाली पनि क्यानबेरामा पहिले जस्तै होलि मनाउने योजना भएको छ । नेपालबाट कार्यक्रम गर्नका लागी अष्ट्रेलिया आउनुभएका दुर्गेश थापालाइ होलि कार्यक्रममा लागी बिशेष कलाकारका रुपमा एएनएफएसले प्रस्तुत गर्ने भएको छ । त्यस्तै अष्ट्रेलियामा डिजेका रुपमा नाम चलेका डिजे नटकेशले पनि क्यानवेरालाइ नचाउने जिम्मा लिनुभएको छ भने उहॉंलाइ साथ दिन डिजे वाइजी आउनुहुने भएको छ ।

IMG_9828-150x150 क्यानबेराको होलिमा “नाच्नु पर्छ बिच बिच्चमा” ।

कार्यक्रमलाइ Hamro Pathsala, National Trinagle Canberra, ACT Government ले सहयोग गरेका छन् । कार्यक्रम मार्च २३ सनिबारका दिन Stage 88 commonwealth park मा दिनको १ बजेदेखि सॉंझ ८ बजेसम्म हुने कुरा आयोजक संस्थाका अध्यक्ष आशिष देवकोटाले बताउनुभएको छ । देवकोटाले पहिलेका बर्षहरु जस्तै यस बर्ष पनि सबैजना आएर रमाइलो पर्व होलिका सहभागी भइदिन क्यानबेरा/क्विनबियन बासिहरुमा अनुरोध गर्नुभएको छ । त्यस्तै खाना र अन्य स्टलहरु राख्नका लागी एएनएफएसका अध्यक्ष आशिष देवकोटालाइ 0404 407 735 मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

IMG_9828-150x150 क्यानबेराको होलिमा “नाच्नु पर्छ बिच बिच्चमा” ।

१. इन्टरनेटबाट साभार

Total Page Visits: 292 - Today Page Visits: 5
Shares