IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा ।

नेपाली कॉंग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा र सह महामन्त्री भिष्मराज आगंदम्बे अष्ट्रेलियाको भ्रमणमा आउनुभएको थियो । नेपलिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमको कार्यक्रममा लागी आतित्थ्यता गर्न अष्ट्रेलिया आउनभएका नेता द्वय राजधानी क्यानबेराको भ्रमणमा छोटो भेटघाटको तय भएको थियो ।

IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा ।

जन सम्पर्क समिति (जेएसएस) क्यानबेराले गरेको भेटघाटमा प्रजातन्त्रीक खेमाका साथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दि हंग्री बुद्ध बेलकोननमा १८ मार्च गत सोमबार सॉंझ ४ बजेबाट ७ बजेसम्म कार्यक्रम भएको थियो । कार्यक्रम जननायक बिपि कोइरालाको फोटोमा माल्यार्पण गरेर सुरु गरिएको थियो भने उपस्थित सबैले आफनो परिचय दिने कार्यक्रम भएको थियो ।

IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा ।

कार्यक्रममा बोल्दै सह महामन्त्री आगंदम्बेले यूवा पुस्तालाइ कॉंग्रेस छोड्न पनि नसकेको र बसिरहन पनि ठॉंउ नरहेको अवस्था रहेको बतॉंउदै पहिला भन्दा धेरै सुधारका संकेत रहेको हुनाले पार्टि छिट्टै निति नियममा अगाडी बढ्ने हुनाले सबैलाइ आआफनो ठॉंउमा रहेर मेहनत गर्न र पार्टि नछोड्न अनुरोध गर्नुभएको थियो ।

IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा ।

महामन्त्री बिश्वप्रकाश शर्माले अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेललाइ भेटि दुताबासका समस्याका बारेमा जानकारि लिएको बतॉंउदै दुताबासहरुमा कर्मचारीको अभावले गर्दा आवस्यक सेवा दिन समस्या रहेको बताउनुभएको थियो । शर्माले सिधा हवाईजहाज सेवाका बारेमा पनि आफुले चासो राखेको बताउनुभएको थियो । उहॉंलाइ उपस्थित साथिहरुले दिएका सुझावहरु महत्वपूर्ण रहेको बताउदैं उदार, आर्थिक निति र लोकतन्त्रले गर्दा कॉंग्रेस सदैव पहिलो पार्टि रहिरहेको बताउनुभएको थियो । हामी आवस्यकता र क्षमता भन्दा माथि गयौं । बाटो नभएको ठॉंउमा रेलको सपना बॉंड्यौं र हामी फेल भयौं भन्दा यस्ता हुनै नसक्ने सपनाहरु जनतालाइ नबाढ्न पनि सबै पार्टिलाइ अनुरोध गर्नुभएको थियो । कठोर चिजहरु ढिलो ऑंउछन् र छिटो जान्छन् । तर नरम चिजहरु सदैव रहिरहन्छन् । कॉंग्रेस त्यस्तै हो नरम छ रहिरहन्छ । भ्रष्टाचार जव सम्म निर्मूल हुदैन तवसम्म देश नवन्ने बतॉंउदै जवसम्म नेपालीले पठाएको पैसालाइ नेपालमा लगानी हुदैन तवसम्म देश बिकाश नहुने बिचार राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यहॉं जन्मेको पुस्तालाइ कसरि जोड्ने भनेर आजैबाट सबैले सोच्नुपर्ने बताउदै नेपाललाइ आफनो घर हो भन्ने बनाइराख्न पनि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा उठेका बिविध प्रश्नहरुलाइ सम्बोधन गर्नुभएको थियो ।

 

कार्यक्रमको संचालन जेएसएस क्यानबेराका सभापति ललित मल्लले गर्नुभएको थियो । कार्यक्रममा डा कृष्ण हमाल, राजु अधिकारी, मन केसी, चुडामणी सापकोटा, अशोक बस्नेत, आदर्शजंग पाण्डे, भिष्म भण्डारी लगाएत अन्य थु्प्रै सामाजिक तथा संघ संस्थाका प्रतिनिघिहरुको उपस्थिति रहेको थियो ।

IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा । IMG_9828-150x150 झुटा सपना बॉंडेर राजनिति नगर्न आग्रह : महामन्त्री बिश्वप्रकाश शर्मा ।

Total Page Visits: 292 - Today Page Visits: 2
Shares