IMG_9828-150x150 हार्मोनि कपमा रमॉंउदै पर्थबासी ।

सम्वाददाता : सुमन सन्जेल 

गैह्र आवासिय नेपाली संघ पश्चिम अस्ट्रेलियाको (NRNA-WA) आयोजनामा Stanley College को  गौरबमय प्रस्तुति  “हार्मोनी कप २०२४” पर्थमा भब्यताका साथ चलिरहेको छ ।

प्रतिभाको खोज एवं अवसरको भेला , सामुदायिक स्वास्थ र खेलकुदको कुम्भ मेला भन्ने नारालाई आत्मसाथ गर्दै पर्थमा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब एवम खेलाडिहरुको खेल प्रतिको लगावलाई हौसला प्रदान गर्नुको साथै सामुहिक सद्भाव र सम्बन्ध बिस्तारको लागि आयोजना गरिएको यश प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, लन टेनिस, ब्याडमिन्टन, दौड, पौडी, र चेस  सहित नौ वटा खेलहरु समावेस गरिएका छन ।

उक्त प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडिहरु सामेल होउन भन्ने हेतुले खेल लाई वर्गीकरण गरि पुरुष, महिला, बच्चा र भेटेरान गरि विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको छ ।

मार्च २ तारिक शनिवार बाट शुरु भएको हार्मोनी कप २०२४ खेलकुद प्रतियोगिता अप्रिल ७ तारिक सम्म करिब ५ हप्ता चल्नेछ ।

यस प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न बिधामा नेपाली व्यवसायीहरुले प्रायोजन गर्नुभएको छ, जुन निम्न प्रकार छन :

Cricket : Manglesi Early Learning

Football : Everest Global Eduvation & Visa

Volleyball : Chulo Nepalese Restaurant

Lawn Tennis : Expert Education & Visa Services

Table Tennis : Openvision International Education Consultancy

Badminton : Everest INN Restaurant, Bunbury

Chess : Himali Gorkha Nepalese Restaurant

Running : Capkon Home loans, Melbourne

Food Partner: Himalayan Nepalese Restaurant & Cafe

Ball sponsor : 3E Global Education & Migration

सम्पुर्ण खेलहरु पर्थ शहरको नजिकैका सबर्बहरुमा हरेक शनिवार र आइतबार चलिरहेका छन भने खेलप्रेमी दर्शक हरुले उक्त प्रतियोगिताहरु निशुल्क हेर्न सक्नु हुनेछ। उक्त प्रतियोगिताको खेल तालिका, स्थान र समय NRNA Western Australia को फेसबुक पेजमा गएर हेर्न सक्नुहुनेछ ।

२०१७ देखि पर्थमा दिपक शर्मा ज्युको सम्योजकत्वमा NRNA WA को टिमले शुरुवात भएको उक्त हार्मोनी कप को निरन्तरता यसपाली शेखर घिमिरे ज्युको सम्योजकत्वमा सम्पन्न हुदैछ । खेल सकियपछी २७ अप्रिल २०२४ शनिबार बेलुका मिल्लस पार्क सेन्टरमा रात्रिभोज को आयोजना गरि पुरस्कार बितरण  गर्ने हर्मोनि कप सम्योजक बासु सापकोटाले  जानकारि दिनु भयो !

IMG_9828-150x150 हार्मोनि कपमा रमॉंउदै पर्थबासी ।

Total Page Visits: 513 - Today Page Visits: 2
Shares