IMG_9828-150x150 क्यानबेरामा “महा जात्रा” को रेकर्डको जात्रा ।

क्यानबेरा : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’को प्रदर्शन अष्ट्रेलियामा पनि हाउसफुल भएको छ । अष्ट्रेलियाका बिभिन्न शहरमा हाउसफुल भएर चलिरहेको चलचित्रको क्यानबेरामा पॉंचवटा शो हाउसफ़ुल भइसकेका छन् भने अझै शोहरु बॉंकी रहेका छन् । क्यानबेराका चलचित्र प्रदर्शन गरेको पार्टि टाइम नेपालका प्रशान्त प्रसॉंइले मेरो कपुरी क संगको कुराकानिमा अझै शो बरु बॉंकि रहेको र क्यानबेरामा चलचित्र अहिले सम्मकै राम्रो चलेको पनि बताउनुभयो । प्रसॉंइले क्यानबेराका दर्शकबाट माग आएको हुनाले पनि अझै केहि शोहरु देखाउने योजना रहेको जानकारी दिनुभएको हो । चलचित्रको अर्को शो ८ अप्रिलमा limelight cinema र १२ तारिखका दिन नयॉं बर्षको अवसर पारेर lime light cinema हलमा स्पेशल शो हुनेछ ।

चलचित्र हेरिसकेपछि हामीले लिएका दर्शक प्रतिक्रियामा पनि चलचित्र अत्यन्तै राम्रो बनेको र सबैलाइ हेर्न अनुरोध  दर्शकहरुवाट आएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र(विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने संघर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन ।

IMG_9828-150x150 क्यानबेरामा “महा जात्रा” को रेकर्डको जात्रा ।

Total Page Visits: 1005 - Today Page Visits: 2
Shares