IMG_9828-150x150 डिग्रि माइला घुम्दै अष्ट्रेलियामा ।

नेपाली चलचित्रको राम्रो ब्यापार थलो मानिएको अष्ट्रेलियामा रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को प्रदर्शन हुने भएको छ। The Claxx X events ले प्रस्तुत गर्न लागेको चलचित्र डिग्री माइला फरक धारणा बनेको निर्देशकको दाबि छ । चलचित्रको शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खल जाँच लिएको देखाइएको छ। 

चलचित्रको टिजरमा दयालाई आँचल शर्मासँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो।

चलचित्रमा दया र आँचलसहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ।चलचित्रलाइ नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको  छ। चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ। यस्तै, चलचित्रलाई  शिवराम श्रेष्ठ तथा राइली एस सिनले खिचेका छन्।

चलचित्र यहि अप्रिल २२ का दिन लाइमलाइट सिनेमा टग्रननमा सॉंझ ६ः३० बजेबाट प्रदर्शन हुने कुरा आयोजक रितन खड्का र प्रकाश सापकोटाले मेरो कपुरी कलाइ बताउनुभएको छ ।

टिकटको लिंक तल दिइएको छ ।www.buyonlineticket.com.au

IMG_9828-150x150 डिग्रि माइला घुम्दै अष्ट्रेलियामा ।

Total Page Visits: 612 - Today Page Visits: 2
Shares