मेरो कपुरि क सम्वाददाता :- गैर्ह आवासीय नेपाली संघ अस्ट्रेलिया ले आफ्नो राष्ट्रिय महत्वको कार्यक्रम “नेपाल फेस्टिभल” गर्ने भएको छ संस्थाले आफ्नो पहिलो नेपालफेस्टिभल अस्ट्रेलियाको सुन्दर शहर पर्थ वाट गर्दैछ । पर्थ, डार्बिन, सिड्नी, मेलबर्न र ब्रिसबेन गरि पॉंच शहरहरुमा २०१८ मा हुने भएको छ भने क्यानबेरा र एडीलेडमा २०१९ मा हुने जानकारि संस्थाका प्रवक्ता डीला खरेलले बिज्ञप्ती मार्फ़त जानकारि गराएका छन् ।
संस्थाले निम्न स्लोगन लाइ आधिकारिकरुपमा प्रयोगमा ल्याउने जनाएको छ । One Country – Many Stories ( एक देश – धेरैकथाहरु )
प्रवासमा नेपाल र नेपाली कला, संस्कृति, भाषा,रितिरिवाज, खाना आदिको पर्दर्शन गर्नु र
विदेशमा रहेका नागरिकहरु लाइ नेपाल संसार कै एक लोकप्रिय पर्यटकीय स्थल भएको जानकारी दिई उनिहरुलाइ नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नु कार्यक्रमका मुख्य उद्देश्य रहेका छन् ।
एनआरएनएले आफनो पहिलो फेष्टिवल पर्थवाट सुरु गरेको छ । पर्थवाट आयोजक साथीहरुले कार्यक्रमका लागी आवस्यक तयारि पुरा भएको जनाएका छन् ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत कल्चरलसँगै कुटुम्ब, फेसन सो लोकल व्यान्डको प्रस्तुति रहने छ । फेष्टिवलमा नेपाली कल्चर, फेशन, म्युजिकल प्रस्तुति र अन्य देशको गेस्ट पर्फमेन्स, नेपाली परिकार , फेस पेन्टिङ लगायत आकर्षण रहने आयोजकले जनाएको छ ।
पर्थ महोत्सव कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने लगाए अन्य ब्यक्तिहरुको उपस्थिति रहने कार्यक्रम रहेको छ । कार्यक्रम मार्च ३० अर्थात भोलि बाट सुरु हुनेछ ।![[Tags] 40AD5E79-F06B-4566-9B35-BC9D58DB0C64-300x180 अष्ट्रेलियामा नेपाल फेष्टिवल सुरु : पर्थमा पहिलो कार्यक्रम ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/40AD5E79-F06B-4566-9B35-BC9D58DB0C64.jpeg?resize=300%2C180&ssl=1)