IMG_9828-150x150 नेपाली कला संस्कृति क्यानबेरामा नयॉं कार्यसमिति चयन ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराले २८ अप्रिल आइतबारका दिन एक कार्यक्रम गर्दै नयॉं कार्यसमितिको चयन गरेको छ । निवर्तमान अध्यक्ष दिपक हमालको नेतृत्वमा कला साहित्यकार बिभिन्न कार्यक्रम गर्दै आएको प्रतिष्ठानले गंगालिनमा एक बारबिक्यू कार्यक्रम गर्दै यज्ञ अधिकारीको अध्यक्षतामा नयॉं कार्यसमितितो चयन गरेको हो । कार्यक्रममा स्वागत तथा संचालन डा कृष्ण हमालले गर्नुभएको थियो ।

नयॉं कार्यसमितिमा अध्यक्षमा यज्ञ अधिकारी, उपाध्यक्ष संस्कृति तर्फ मन्जु नेपाल, उपाध्यक्ष साहित्य तर्फ मनोज शर्मा, महासचिवमा सृष्टि भट्टराइ, सचिवमा फिरोज सुनार, कोषाध्यक्षमा सबिर बस्नेत, जन सम्पर्क अधिकृतमा अनिश ढकाल र सदस्यहरुमा सुप्रिम रेग्मी, मनिन जोशी, दुर्गा दुलाल, सुदिप थापा र किरण भण्डारी रहनुभएको छ । नयॉं कार्यसमितिको कार्यकाल २ बर्षको रहनेछ ।

अध्यक्ष चयन भए संगै यज्ञ अधिकारीले आफु नेपाली कला संस्कृति तथ साहित्य प्रतिष्ठान, क्यान्बेरा (NKSSP) जस्तो गरिमामय संस्थाको जिम्मेवारी वहन गर्न पाउदा अत्यन्त खुसी छु रहेको बतॉंउदै यहाँहरुको हौसला , माया, विश्वास र भरोसाको कदर गर्दै यस संस्थाको गरीमालाई अझ उच्च वनाउने प्रतिवद्दता जाहेर गर्नुभएको छ । अधिकारिले पुरानो कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्दै नयॉं कार्यसमीतीको साथीहरुलाई स्वागत गरि आगामी दिनका लागी पुर्ण साथ सहयोगको आशा ब्यक्त गर्नुभएको छ । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष बिक्रम सुबेदि सहित समाजका बिभिन्न प्रतिनिधिहरु र संस्थागत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बारबिक्यू तथा लेफ़्ट ड्रिंक्स प्रदान गरिएको थियो ।

IMG_9828-150x150 नेपाली कला संस्कृति क्यानबेरामा नयॉं कार्यसमिति चयन । IMG_9828-150x150 नेपाली कला संस्कृति क्यानबेरामा नयॉं कार्यसमिति चयन ।

Total Page Visits: 395 - Today Page Visits: 3
Shares