IMG_9828-300x300 नेपाली समुदायसंग लिवरल पार्टि प्रतिनिधिहरुको साक्षात्कार : समस्या मिलेर समाधान गर्ने प्रतिबद्धता ।

अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढिरहेको छ । यो संगै बिभिन्न राजनैतिक पार्टिहरुले समुदायलाइ आफनो पक्षमा तान्नका लागी प्रयासहरु जारी छन् । नेपाली समुदाय पनि आफनो भोट संख्या बढ्दै गएको र आफना आवस्यकताहरु जुन पार्टि वा उमेदबारले पुरा गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछन् उनिहरुलाइ सहयोग गर्न सकिने तर्क गरिरहेका छन् । हुन पनि अव कुनै उमेदबारको जित र हार नेपाली समुदायले पनि बनाउन सक्ने अवस्था आउन लागीसकेको नेपाली समुदायको राय छ । यसै सन्दर्भमा हिजो मे १ बुधबारका दिन लिवरल पार्टिका उमेदबारहरुसंग नेपाली समुदायको भेटघाट भएको थियो । बिशेष गरि लिवरल पार्टिबाट मुरम्बिजि क्षेत्रका लागी उमेदबार अमरदिप सिंहको निम्तोमा भएको भेटघाटमा नेपाली समुदायले समाजका समग्र नेपाली समुदायको बिविध समस्या, समाधान र आवस्यकताका बारेमा जानकारी गराएको थियो ।

IMG_9828-300x300 नेपाली समुदायसंग लिवरल पार्टि प्रतिनिधिहरुको साक्षात्कार : समस्या मिलेर समाधान गर्ने प्रतिबद्धता ।

भेटघाटमा सबैलाइ स्वागत गर्दै आफनो परिचय र आफना कुराहरु राख्न अनुरोध गरिएको थियो जसमा नेपालीहरुले समाजको आवस्यकता संगै बिभिन्न सुझाव दिएका थिए । तत्पश्चात अमरदिप सिंहले बोल्दै नेपाली समुदाय सबै कुराहरुमा सवल हुदाहुदै पनि अवसर नपाएको हुनाले त्यसका लागी आफनो बिशेष पहल हुने भन्दै नेपालीहरु एकदमै मेहनति र शिक्षित हुदाहुदै पनि साना तिनै कुराहरुले गर्दा ठॉंउमा पुग्न नसकेको बताउदैं त्यसका लागी आफनो बिशेष पहल रहने बताउनुभएको थियो । सिंहले १४ हजार जनसंख्या हुदा पनि मल्टिकल्चर एडभाइजरी काउन्सिलमा किन जान सकिरहेका छैनन ? भन्ने कुरामा पनि चासो राख्नुभएको थियो । उहॉंले नेपालीहरुसंग आफनो सबैकुरा मिल्ने र जुनसुकै समस्याहरुका लागी आफु जति सजिलो अरु नहुने बतॉंउदै नेपालीहरुको समस्या आफुलाइ आएपछि त्यो समस्या नेपालीको मात्रै नभइ त्यो समस्या आफनो हुने र त्यो पुरा गर्न आफु हरसंभव प्रयासरत रहने बताउनु भएको थियो ।

IMG_9828-300x300 नेपाली समुदायसंग लिवरल पार्टि प्रतिनिधिहरुको साक्षात्कार : समस्या मिलेर समाधान गर्ने प्रतिबद्धता ।

सिंहले आफु समाजका सबैखाले काम गरेर मेहनत गरेर यहॉं आइपुगेको हुनाले सबै नेपालीहरुको समस्या नजिकबाट बुझेको बतॉंउदै त्यसलाइ पुरा गर्न मनैदेखि प्रयास गर्ने र नेपालीहरुको साझा समस्याका रुपमा रहेको जग्गाका लागी आफु प्रयासरत रहने बताउनुभएको थियो । उहॉंले सबै उपस्थितहरुलाइ धन्यवाद दिदै मैले जितें भने त्यो जित तपॉंइहरुका लागी हुने भन्दै मतदान गरेर जिताउन आग्रह गर्नुभएको थियो । उहॉंले हामी ठुला कुराहरु गर्छौं तर साना कुराहरुमा ध्यान दिन पछि परेको भन्दै आफनो बिशेष चासो शिक्षा र स्वास्थ्य बिशेष रहने पनि बताउनुभएको थियो ।

IMG_9828-300x300 नेपाली समुदायसंग लिवरल पार्टि प्रतिनिधिहरुको साक्षात्कार : समस्या मिलेर समाधान गर्ने प्रतिबद्धता ।

लिवरल पार्टि क्यानबेराका प्रमुख प्रतिपक्षि दलकि नेतृ एलिज़ाबेथ लि ले यो भेटघाटबाट नेपाली परिबारसंग हुन पॉंउदा खुसी भएको बताउनुभएको थियो । उहॉंले हामी सबै आएको परिवारका लागी हो । केहि राम्रो गर्नका लागी आएका हौं त्यसैले मेहनत गर्दै जाने हो भबिष्यमा कहॉं पुगीन्छ हेर्दै जानु पर्छ भन्दै नेपालीहरु सबैकुरामा सक्षम र सवल भएर पनि ठॉंउमा पुग्न नसकेको कुरा बताउनुभएको थियो । उहॉंले म मेरा बुवाले गरेको दुख देखेर हुर्किएको हो । त्यसैले मलाइ मेहनतको कुरा थाहा छ । तपॉंइहरुको हामीहरु प्रति हुने बिश्वास महत्वपूर्ण छ र तपॉंइहरुले गरेका कुराहरु महत्वपूर्ण छन् र ति कुराहरु पुरा गर्ने हामी बिश्वास दिलाउने छौं । हामीले के बोल्छौं भन्दा पनि के गर्छौं भन्ने महत्वपूर्ण कुरा हो । नेपालीहरुको चाहना जग्गा र त्यसमा भवन बनाउने भएको भन्दै उक्त भवनमा आफनो पन हुने र त्यो भवन मात्रै नभइ त्यहॉं मेन्टल्लि फिजिकल्ली सबैकुरा जोडिने कुरा बताउनुभएको थियो । हामी चुनाव जित्यौं भने त्यसको ६ महिना भित्र तपॉंइहरुका एडेन्डाहरुका बारेमा काम गर्ने प्रयास गर्ने छौं । हामी मेरो भन्दा मेरा छोराछोरीको शिक्षा कमजोर हुन्छ कि भन्ने चिन्तामा रहेकाले त्यसका लागी हामी प्रयासरत रहने छौं र त्यसका लागी हाम्रो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य हुनेछ ।

 

त्यस्तै लिवरल पार्टिबाट यारबी क्षेत्रका उमेदबार कृष्ण नाडिमपाली आफु ८/९ बर्षदेखि यसै राजनिति मार्फत समाजमा सक्रिय रहेको र कसरि मोनक्रिफको मन्दिर बन्यो भन्ने कुरा नजिकबाट बुझेको हुनाले पशुपतिनाथ मन्दिर कसरि बनाउन सकिन्छ भन्ने बाटोमा म नेपाली समाजसंगै हिडेर बनाउने प्रयास गर्ने बताउनुभएको थियो । लिवरल पार्टिले मेहनति हात र साना मझौला ब्यवसायलाइ सहयोग गर्ने जनाउदै सबैसंग हातेमालो गरेर अगाडी बढ्न अनुरोध गर्नुभएको थियो ।

लिवरल पार्टि ब्रिन्डाबेलाका उमेदबार स्याण्डि मित्राले १० बर्षको समाजसेवामा आफु कहिल्यै अर्पच्यूनिष्ट हुन नसकेको बताउदै अर्पच्यूनिष्ट भएको भए पहिला नै उमेदबार भएर चुनाव जित्न सक्थें तर त्यसो नगरेको र लिवरलमा लाग्नुको कारण रहेको बताउनु भएको थियो । हामी सबै उस्तै छौं र हामी हाम्रा समस्या बुझ्छौं । हामी सबै मिलेर तपॉंइहरुलाइ सहयोग गर्न तयार छौं त्यो भन्दा पहिला हामीलाइ जिताउन आवस्यक रहेको भन्दै सबैलाइ भोट दिन अनुरोध गर्नुभएको थियो ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष बिक्रम सुबेदिले हामी सबै एकसाथ छौं र नेपालीहरुका एजेण्डा जसले सम्बोधित गर्छ हाम्रो भोट उसैलाइ जाने बिश्वास ब्यक्त गर्नुभयो ।

एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव राजु अधिकारीले हामी केहि बर्ष पहिला सम्म ५००/६०० जना थियौं हाम्रो स्वर सानो भएका कारण पहुँच पनि सानो भयो र हाम्रो आवाज़ कसैले सुनेन । हामीले बिस्तारै हाम्रा समस्याहरु अगाडी ल्यायौं । पाठशालाका बारेमा हामीले ४/५ बर्ष देखि भनिरहेकै छौं सानो भयो स्थायी ठॉंउ देउ भनेर तर कतैबाट यसको समाधान भएन । हामीले सरकार समक्ष धेरै पटक प्रयास गर्यौं तर कसैले सुनेन । हामी अहिले ५/६ हजार भोटरको संख्यामा पुगीसक्यौं अव हाम्रा समुदाय ठुलो भइसकेको बताउदै हामीलाइ सुन्ने र बुझ्ने मानिस जिताउन प्रयास रहने बताउनुभएको थियो ।

भेटघाट कार्यक्रममा लिवरल पार्टि क्यानबेराका प्रमुख प्रतिपक्षि दलकि नेतृ एलिज़ाबेथ लि, लिवरल पार्टिबाट मुरम्बिजि क्षेत्रका उमेदबार अमरदिप सिंह, लिवरल पार्टिबाट यारबी क्षेत्रका उमेदबार कृष्ण नाडिमपाली, लिवरल पार्टि ब्रिन्डाबेलाका उमेदबार स्याण्डि मित्रा लगाएत एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष बिक्रम सुबेदि, पूर्व उपाध्यक्ष चुडामणी सापकोटा, पूर्व महासचिव राजु अधिकारी, आशिष सापकोटा, अनन्त ज्ञवाली, सन्तोष मल्ल, खुश्वु नेउपाने लगाएत अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

IMG_9828-300x300 नेपाली समुदायसंग लिवरल पार्टि प्रतिनिधिहरुको साक्षात्कार : समस्या मिलेर समाधान गर्ने प्रतिबद्धता ।

 

Total Page Visits: 182 - Today Page Visits: 3
Shares