IMG_9828-300x300 बोक्सिको घर सुन्नुभयो तर देख्नुभएन आउनुस संगै हेरौं ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्र नचले पनि नचले पनि आफु भने चलिरहने नायीकाको नाममा केकी अधिकारीलाइ लिने गरिन्छ । केकी चले पनि नचलेपनि केकीलाइ एउटा बौद्धिक, कसैलाइ नराम्रो नगर्ने र प्रिय कलाकारका रुपमा चिनिन्छ । उनै बौद्धिक नायीकाले बनाएको चलचित्र बोक्सीको घरले नेपालमा भने राम्रो ब्यापार गरिरहेको छ । चलचित्रको बुझिन मैले बुझाइ देउ कसैले भन्ने गीत अत्यन्तै लोकप्रिय भइरहेको छ ।

चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिए संगै  ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।  भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ ।

चलचित्रका लेखक एवं निर्देशक सुलक्षण भारतीको रहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोला, सुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ बोक्सीको घरलाइ क्यानबेरामा भने पार्टि टाइम नेपालले दर्शकलाइ देखाउने जिम्मा लिएको छ । चलचित्र मे ४ र ६ का दिन लाइमलाइट सिनेमा टग्रननमा सॉंझ ६ः१५ देखाइने भएको छ । एउटा सुन्दर नायीकाको सुन्दर प्रस्तुति कस्तो भएको होला पक्कै तपॉंइहरु आएर हेरिदिनु होला र आफनो प्रतिक्रिया दिनु नभुल्नु होला ।

IMG_9828-300x300 बोक्सिको घर सुन्नुभयो तर देख्नुभएन आउनुस संगै हेरौं ।

 

Total Page Visits: 298 - Today Page Visits: 2
Shares