क्यानबेरामा नेपाली यूवाहरुमाझ हुर्किएको संस्था पार्टिटाइम नेपालले माता तीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर आमाहरुका लागी बिशेष निशुल्क चलचित्र देखाउने भएको छ । नेपाल सहित बिश्वास बिभिन्न देशहरुमा हिट भइरहेको चलचित्र महाजात्रा लाइ आमाहरुका लागी देखाउन लागीएको हो । मातातिर्थ औंसिको अवसरमा आमाहरुका लागी टिकट उपहार दिन लागीएको कुरा पार्टि टाइम नेपालका कार्यक्रम कोअर्डीनेटर अमृत पौडेलले बताउनु भएको छ ।
चलचित्र मातातिर्थ औँसीको टिकटमा आमाहरुलाइ टिकट त निशुल्क छ तर संगसंगै यहॉंहरुले निम्न शर्तहरु पालना गर्नुपर्ने हुनेछ । यसका लागी टिकट काट्दा आमा कोड राखेपछि आमाहरुका लागी फ्रि हुने कुरा पनि पौडेलले बताउनुभएको छ ।
* शर्तहरु लागु हुनेछन्।
– बर्ष ४५ वा सो भन्दा माथीको हुनुपर्ने ।
– छोरीज्वाईँ वा छोरा बुहारीको साथमा आउनुपर्ने ।
– नेपाली नागरिक भएको परिचय खुल्ने परिचयपत्र साथमा ल्याउनुपर्ने ।
चलचित्र हेरिसकेपछि हामीले लिएका दर्शक प्रतिक्रियामा पनि चलचित्र अत्यन्तै राम्रो बनेको र सबैलाइ हेर्न अनुरोध दर्शकहरुवाट आएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र(विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ ।
आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने संघर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन ।
टिकटका लागी : www.msmticketing.com.au
![[Tags] IMG_9828-150x150 माता तीर्थ औंसीमा आमाहरुलाइ उपहार दिदै पार्टि टाइम नेपाल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/IMG_2877.jpeg?resize=640%2C799&ssl=1)
![[Tags] IMG_9828-150x150 माता तीर्थ औंसीमा आमाहरुलाइ उपहार दिदै पार्टि टाइम नेपाल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=150%2C150&ssl=1)