नेपालकै चर्चित ब्याण्ड कबवेभले अष्ट्रेलियाको राजधानी क्यानबेरामा धमाका मच्चाउने भएको छ । MIMP Australia को आयोजनामा १६ मे बिहिबारका दिन बेसमेन्ट क्यानबेरामा सॉंझ ७ बजेदेखि हुने भनिएको कार्यक्रममा COBWEB Band का साथै ALBATROSS Band पनि सहभागी हुने भएको छ । हिमालयन फ़ेस्टीवल नाम दिइएको कार्यक्रममा स्पेशल गेष्टका रुपमा Screaming Marionette ले पनि क्यानबेराका श्रोताहरुलाइ मनोरन्जन दिने भएको हो ।
आयोजक संस्था MIMP Australia का मन्दिप ज्ञवालीले क्यानबेरा/क्विनबियन बासी सबै नेपाली दाजुभाइ दिदि बहिनिहरुलाइ कार्यक्रममा उपस्थित भएर नेपाली गीत संगीत र ब्याण्डहरुलाइ प्रोत्साहन गरिदिनुहुनेछ भन्ने आशा राखेको कुरा “मेरो कपुरी क”लाइ बताउनु भएको छ । कार्यक्रमलाइ बिभिन्न संघ संस्थाहरुले सर सहयोग गरेका छन् । कबवेभका मार्योनि, मर्सिडिज बेन्ज, तिम्रो मॉंया, पिरतीको नसा गीतहरु चर्चित छन् । तस्तै Albatross Band का तिमि भने, आफनै संसारमा किन, म र मलाइ, गरि खान देउ जस्ता गीतहरु चर्चित छन् । कार्यक्रममा १८ बर्ष भन्दा माथिका ब्यक्तिहरुले मात्रै प्रवेश पाउने छन् ।
टिकट लिंक तल दिइएको छ ।
https://thebaso.oztix.com.au/outlet/event/7fe4b391-56b3-43a7-85ea-05c5ecb2fbcb
![[Tags] IMG_9828-300x300 कबवेभ र अल्बाट्रस ब्याण्डले झुमाउदै क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/IMG_2910.jpeg?resize=640%2C800&ssl=1)
![[Tags] IMG_9828-300x300 कबवेभ र अल्बाट्रस ब्याण्डले झुमाउदै क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)