IMG_9828-300x300 अन्तराष्ट्रिय एभरेष्ट डे मनाउदै अष्ट्रेलिया ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अन्तराष्ट्रिय एभरेष्ट डे को अवसर पारेर एभरेष्ट डे मनाउने तयारी गरेको छ । The Federation of Nepalese Community of Australia (FENCCA) को आयोजनामा हुन लागेको एमरेष्ट डे मा माउन्ट एभरेष्ट चढ्न सफल रहेका र चढ्न प्रयास गरेका तर असफल रहेका बिभिन्न ब्यक्तिहरुपनि कार्यक्रममा आबद्ध हुने कुरा संयोजक सुरज पौडेलले बताउनुभएको छ।

IMG_9828-300x300 अन्तराष्ट्रिय एभरेष्ट डे मनाउदै अष्ट्रेलिया ।

IMG_9828-300x300 अन्तराष्ट्रिय एभरेष्ट डे मनाउदै अष्ट्रेलिया ।

एभरेष्ट डे मनाउनुको मुख्य उद्देश्य भनेको यसलाइ अष्ट्रेलियामा सिग्नेचर डे बनाउने योजना रहेको छ । एभरेष्टकै कारण बिदेशिहरु संग नेपालको साइनो जोड्ने उद्देश्य रहेको र नेपाल बाहिर बसेर नेपाल सजिलै संग चिन्ने र चिनाउन माउण्ट एभरेष्ट सबैभन्दा राम्रो बिकल्प रहेको पनि पौडेलले बताउनुभएको छ । उहॉंले हाम्रा यहॉं रहेका अर्को पुस्तालाइ पनि नेपाल संग माउण्ट एभरेष्ट छ र हाम्रो नेपालसंग पुस्ताको नाता छ भन्ने ज्ञान दिलाउनका लागी पनि यो आवस्यक रहेको बताउनुभएको छ । यस्ता कार्यक्रमले सामाजिक जागरण जोगाउन पनि सजिलो हुने र माउण्ट एमरेष्ट जोगाउने अभियान हुने जानकारी पनि दिनुभएको हो ।

IMG_9828-300x300 अन्तराष्ट्रिय एभरेष्ट डे मनाउदै अष्ट्रेलिया ।

कार्यक्रम २६ मे सनिबारका दिन बिहान सबै जम्मा भएर माउण्ट एमरेष्टको फोटो रहेको टिसर्ट लगाएर प्रभातफेरी गर्ने र प्रभातफेरि गरि सकेपछि कमनवेल्थ पार्क क्यानबेरामा वारबिक्यू गरेर कार्यक्रम बिसर्जन हुनेछ । कहॉं भेला हुने र कसरि जाने भन्ने बिवरण छिट्टै सार्वजनिक हुने छ । कार्यक्रम सबैजना सहभागी भएर नेपाल र माउण्ट एभरेष्ट चिनाउने अवसर बाट बन्चित नहुन पनि संयोजक पौडेलले अनुरोध गर्नुभएको छ । क्यानबेराका सहित अष्ट्रेलियाका बिभिन्न राज्यमा फरक फरक प्रकारका कार्यक्रम रहने पनि पौडेलले जानकारी दिनुभएको छ । अन्तराष्ट्रिय एभरेष्ट डे २९ मे का दिन सॉंझ ८-९ बजे जुम मार्फत भिडियो कुराकानी हुनेछ ।

IMG_9828-300x300 अन्तराष्ट्रिय एभरेष्ट डे मनाउदै अष्ट्रेलिया । IMG_9828-300x300 अन्तराष्ट्रिय एभरेष्ट डे मनाउदै अष्ट्रेलिया ।

Total Page Visits: - Today Page Visits:
Shares