नेपाली हॉंस्य ब्यंग्य क्षेत्रको बिशेष ब्यक्तित्वहरु महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा बिशेष कार्यक्रम सहित दर्शक माझ आउने हुनुभएको छ। मह जोडीको साथमा अन्य कलाकार नरेन्द्र कंसाकार, किरण केसी सहित गायीका कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवलाई अविस्मरणीय साँझ बनाउनु हुने विश्वास गरिएको छ ।
क्यानबेराको केन्द्रमा रहेको अल्वर्ट हलमा आयोजना हुने कार्यक्रमलाई बिशेष महत्वको साथ हेरिएको छ । दिग्गज र सम्मानित कलाकारहरु रहेको समूहले यो दौडधुपको जिन्दगीबाट केहि समय भएपनि पर राख्ने बिश्वास गरिएको छ । बिभिन्न कार्यक्रमहरु मार्फत हॉंस्यबिधालाइ समग्र राजनिति र समाजका नराम्रा पक्षलाइ झटारो हान्ने बिशेष मह जोडिको बिशेष पक्ष हो ।
कार्यक्रमलाइ JHYOJYO ALE BROTHERS ले क्यानबेरा प्रदर्शनको जिम्मा लिएको छ भने मु्ख्य प्रायोजकको रुपमा ACT Migration Service र Mid City Collegeरहेका छन् । कार्यक्रमको powered by Sunny Homes रहेको छ भने Platinum Sponsor ABM Homes रहेको छ । Gold
sponsor 909 IT Solution and IMMENSE Visa and education रहेको छ भने silver sponsor PROFESSIONAL Visa and Education service रहेको छ ।
कार्यक्रम २९ मे बुधबारका दिन अल्बर्ट हल क्यानबेरामा सॉंझ ६ बजेबाट १० बजेसम्म हुनेछ । कार्यक्रम बिशेषत नेपाली हॉंस्यब्यंग्य क्षेत्रकै बिशेष कलाकारहरुको सम्मानका लागी रहने भएको हुनाले पनि सबैजना आएर साथ दिनुहुनेछ भन्ने बिश्वास आयोजक कर्मा लामाले लिनुभएको छ । लामाले सबैजना आएर कार्यक्रम भब्य एवं सभ्य बनाइदिनुहुन सम्पूर्ण क्यानबेरा तथा क्विनबियन क्षेत्रका नेपालीहरुलाइ अनुरोध गर्नुभएको छ ।
![[Tags] IMG_9828-300x300 १० बर्षपछि मह जोडीको बिशेष कार्यक्रम : अन्य कलाकारले पनि साथ दिने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/IMG_2983.jpeg?resize=640%2C905&ssl=1)
![[Tags] IMG_9828-300x300 १० बर्षपछि मह जोडीको बिशेष कार्यक्रम : अन्य कलाकारले पनि साथ दिने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 १० बर्षपछि मह जोडीको बिशेष कार्यक्रम : अन्य कलाकारले पनि साथ दिने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/04/IMG_2349.jpeg?resize=300%2C289&ssl=1)
![[Tags] IMG_9828-300x300 १० बर्षपछि मह जोडीको बिशेष कार्यक्रम : अन्य कलाकारले पनि साथ दिने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 १० बर्षपछि मह जोडीको बिशेष कार्यक्रम : अन्य कलाकारले पनि साथ दिने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)