अष्ट्रेलिया बाक्लिदो नेपालीहरुको जनघनत्वमा बिभिन्न ब्यापार ब्यवसाय पनि फस्टॉंउदो छ । नेपालीहरु बिभिन्न ब्यवसाय गरेर उल्लेखनिय प्रगति गरिरहेकै छन् । यसैबिचमा अजी फाइनान्स एण्ड होम लोन पनि नेपालीहरुका ब्यवसायहरुमा एउटा चलेको नाम र स्थापित ब्राण्ड बनिसकेको छ । सिड्निबाट सुरु भएको अजी फाइनान्सले अष्ट्रेलियाका बिभिन्न शहरहरुमा शाखा खोल्ने क्रममा हिजो मे १८ सनिबारका दिन पर्थमा नयॉं शाखा भब्य रुपमा खुलेको छ ।
नेपाली समुदाय बिच चिर परिचित ब्यबसायीक संस्था Aussie Finance & Home Loans ले सातौं शाखाको रुपमा १८ मे २०२४ देखि औपचारिक रुपमा संचालनमा ल्याएको छ। एस समारोहको उद्घाटन एस सस्थाका CEO बिष्णु हमालले गर्नु भएको थियो भने समारोहको संचालन गोपाल वलीले गर्नु भएको थियो ।
उत्घाटन कार्यक्रममा NRNA ICC सल्लाहकार भैरब ढकाल ,NRNA WA का संयोजक शेखर धिमिरे, NRNA WA निबर्तमान संयोजक कृष्णमान श्रेष्ठ, NAWA का अधक्ष्य चुरामनी लामिछाने, NRNA WA Youth सम्योजक मनिस सिग्देल, NAWA का पुर्व अध्यक्ष दावा शेर्पा र Expert Education & Visa Services Perth शाखाका प्रमुख दिपेन्द्र चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा १०० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।
![[Tags] IMG_9828-300x300 अजी होम लोनको सातौं शाखा उद्घाटन । पर्थमा पनि सेवा उपलब्ध ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/d937392a-6bb4-4f5c-a4dc-b48b89beb97f.jpeg?resize=640%2C480&ssl=1)
समारोहमा बिष्णु हमाल र गोपाल वलीले संस्थाको परिचय र संस्थाले प्रदान गर्दै आएका सेवाहरूको बारेमा बिस्तृत विवरण पेश गर्नुभएको थियो। साथै एस समारोहमा Aussie Finance & Home Loans TASMANIA का प्रमुख रेवन्त बस्नेत, Canberra शाखा प्रमुख राज कुमार केसी, Perth शाखा प्रमुख बिनोद केसीले पनि आफ्ना विचारहरू ब्यक्त गर्नुभएको थियो।
![[Tags] IMG_9828-300x300 अजी होम लोनको सातौं शाखा उद्घाटन । पर्थमा पनि सेवा उपलब्ध ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/IMG_3008.jpeg?resize=640%2C413&ssl=1)
![[Tags] IMG_9828-300x300 अजी होम लोनको सातौं शाखा उद्घाटन । पर्थमा पनि सेवा उपलब्ध ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 अजी होम लोनको सातौं शाखा उद्घाटन । पर्थमा पनि सेवा उपलब्ध ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)